त्रिवि क्रिकेट मैदानमा बयोधा हस्पिटलको मेडिकल टिम

bayodhaकाठमाडौँ – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत आज कीर्तिपुरमा जारी नेपाल र नामिवियाबीचको खेलमा बल्खुस्थित बयोधा हस्पिटलबाट मेडिकल टिम सहभागी भएको छ ।

नेपाल क्रिकेटसंघ क्यान र हस्पिटलबीच केही दिन अघि भएको सम्झौता अनुसार खेल अवधीभर हस्पिटलले औषधी उपकरण सहित एमबीबीएस डाक्टरको नेतृत्वमा मेडिकल टीम र एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।

अस्पतालबाट नजिकै रहेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा दुई देशबीचको प्रतियोगिता भइरहेको छ ।

खेलका क्रममा केही चोटपटक लाग्ने अवस्था भयो भने तत्काल उद्धार गरी त्यहि उपचार गर्ने र गम्भीर भएमा तत्काल अस्पताल पुरयाउने व्यवस्था रहेको छ ।

cri

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *