त्रिवि क्रिकेट मैदानमा बयोधा हस्पिटलको मेडिकल टिम
काठमाडौँ – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत आज कीर्तिपुरमा जारी नेपाल र नामिवियाबीचको खेलमा बल्खुस्थित बयोधा हस्पिटलबाट मेडिकल टिम सहभागी भएको छ ।
नेपाल क्रिकेटसंघ क्यान र हस्पिटलबीच केही दिन अघि भएको सम्झौता अनुसार खेल अवधीभर हस्पिटलले औषधी उपकरण सहित एमबीबीएस डाक्टरको नेतृत्वमा मेडिकल टीम र एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।
अस्पतालबाट नजिकै रहेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा दुई देशबीचको प्रतियोगिता भइरहेको छ ।
खेलका क्रममा केही चोटपटक लाग्ने अवस्था भयो भने तत्काल उद्धार गरी त्यहि उपचार गर्ने र गम्भीर भएमा तत्काल अस्पताल पुरयाउने व्यवस्था रहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




