खजुरामा निर्माणाधीन क्यान्सर अस्पताल १५ बैशाख देखी सञ्चालनमा आउने

0
Shares

नेपालगन्ज-  खजुरामा निर्माणाधीन नेपाल क्यान्सर अस्पताल आगामी १५ बैशाखदे्खी सञ्चालनमा आउने भएको छ । अस्पतालका अध्यक्ष किस्मतकुमार कक्षपतिले सो जानकारी दिएका दिएका हुन् ।

शुक्रबार अस्पताल भवन निरीक्षण गर्न पुगेका अर्थराज्यमन्त्री दामोदर भण्डारीलाई भवनको निरीक्षण गराउदै सो जानकारी दिएका हुन् ।

प्रखर परोपकार मिशन नेपालबाट प्रस्तावित नेपाल क्यान्सर अस्पतालको निर्माण सम्पन्न हुन ८५ करोड खर्च हुने बताइएको छ । सरकारले हालसम्म २७ करोड उपलब्ध गराएको छ भने ५ करोड स्थानीयसहयोगबाट जुटिसकेको छ ।

अस्पतालले आगामी आवका लागि ३९ करोड ८० लाख बजेट सरकारसंग माग गरेको छ ।क्यान्सरका बिरामीलाई रु दुई लाखसम्म निःशुल्क उपचार खर्च दिने सरकारको नीतिअन्तर्गत अस्पतालले सेवा प्रवाह गर्ने छ ।

भरतपुरको बिपी मेमोरियल क्यान्सर अस्पतालसँग प्राविधिक सहयोगको दुई पक्षीय सहमति भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *