गर्मीका बेला स्वस्थ रहन के के कुरामा ध्यान दिने ?

teenage girl drinking water

काठमाडौँ – यतिखेर गर्मी मौसम सुरु भइसकेको छ । खुम्चिएर रहेका किटाणुहरु अब विस्तारै सल्वलाउन सक्छन् । सरुवा रोग तथा महामारीको सम्भावना यहि समयमा हुने गर्छ ।

यतिवेला पहाडी क्षेत्रमा गर्मी कम देखिएपनि तराई क्षेत्रमा गर्मी बढी सकेको छ । कतिपय स्थानमा लामखुट्टेको प्रकोप समेत देखिन थालेको छ । यसले कतिपय क्षेत्रमा सरुवा रोगको जोखिम बढाउछ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्मीको बेला गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने भन्दै आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले अत्यधिक गर्मीका कारण आम सर्वसाधारणहरुमा उच्च ज्वरो आउन सक्ने, चक्कर लाग्ने , वेहोस हुने जस्ता स्वास्थ्य समस्या देखा पर्न सक्ने भन्दै त्यसबाट सचेत रहन आग्रह गरेका छन् ।

उनले गर्मीकै कारण शरीर धेरै कमजोर हुने र थकान महसुस हुने, अत्यधिक गर्मीले बान्ता आउने टाउको दुख्ने तथा झाडापखला जस्ता लक्षणहरु देखिन सक्ने भन्दै सचेत रहन आग्रह गरेका हुन् ।

अत्यधिक गर्मीमा के गर्नु पर्दछ ?

– २४ घण्टामा ४-५ लिटर र पानी वा अन्य झोल पदार्थ जस्तै जीवनजल, तरकारी, दालको झोल पिउनु पर्दछ । २४ घण्टामा हरेक स्वास्थ्य व्यक्तिले कम्तीमा १ लिटर पिसाव फेर्नु पर्दछ ।

– अत्यधिक गर्मीको समयमा खेत बारीमा काम गर्नु वा कडा व्यायाम गर्नु हुदैन । खेत बारीमा काम गर्नेले पनि विहान बेलुकाको समयमा काम गर्ने र दिउसो शितल ठाउमा बस्नु पर्दछ ।

– ‘लु ’ अर्थात तातो हावा चलिरहेको अवस्थामा बाहिर निस्कनु हुदैन , घर भित्र बस्नु पर्दछ ।

– अत्यधिक गर्मी समयमा जरुरी कामले बाहिर निस्कनु पर्दा छाता ओढ्ने र कालो चस्मा लगाउने गर्नु पर्दछ ।

– साना बालबालिकाहरु , अशक्त, बृद्ध व्यक्तिहरु, पुरानो रोग भै औषधि सेवन गरी रहेका व्यक्तिहरु, ज्वरो आएका विरामीहरु, धेरै मोटा व्यक्तिहरु गर्मीका कारणले स्वास्थ्य जोखिममा पर्न सक्ने हुदा उनीहरुको स्वास्थ्यमा विशेष ध्यान पु¥याउनुपर्छ ।

– गर्मी समयमा पुरै शरीर ढाकिने गरी खुकुलो र हल्का रंगका लुगा लगाउने गर्नु पर्दछ ।

– अत्यधिक गर्मी भएको कारणले केही गम्भीर स्वास्थ्य समस्या देखिएमा तत्काल अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा लगि सल्लाह लिनु पर्दछ ।

के गर्नु हुदैन ?

– रक्सी खानु हुदैन , यसले झन जल वियोजन वा पानीको कमी गराउछ ।

–धेरै गुलिया खानेकुरा खानु हुदैन, यसबाट पनि शरीरमा झन गर्मी उत्पन्न हुन सक्दछ ।

– बालबालिका र शिशुहरुलाई तोरीको तेल वा अन्य यस्तै तेल लगाउनु हुदैन , यसबाट पसिना कम निस्कन गै झन गर्मी हुन सक्दछ ।

– धेरै गह्रौ काम वा कडा व्यायम गर्नु हुदैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *