नेसोगको चौधौं राष्ट्रिय अधिवेशन १९ र २० चैतमा

0
Shares

nesogकाठमाडौँ – ‘प्राकृतिक प्रकोपमा महिला स्वास्थ्य’ भन्ने मूल नाराका साथ आगामी १९ र २० चैतमा नेपाल प्रसुति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग)को चौधौँ राष्ट्रिय अधिवेशन हुने भएको छ । राजधानीको रयाडिसन होटलमा हुने सो अधिवेशनमा देशभित्र र बाहिरका गरी करीब ४ सय जनाको सहभागीता हुने जनाइएको छ ।

सहभागीहरुमा प्रसुति एवं स्त्रीरोग विशेषज्ञ संस्थाका सदस्यहरु , प्रजनन स्वास्थ्य संग सरोकार राख्ने अन्य व्यक्ति तथा संस्थाहरु अन्तराष्र्टिय गैर सरकारी संस्थाका प्रतिनिधीहरुको सहभागीता हुने बताइएको छ । सो अधिवेशनमा एक सय बढी कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएका छन् ।

यसअघि १६, १७ र १८ चैतसम्म अर्थात ३ दिन थापाथलिस्थित  परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल ‘इण्डोस्कोपी सर्जरी’ र चैत्र १८ गते ‘सब-फर्टिलिटी’ संबन्धी पूर्व-अधिबेशन कार्याशाला गोष्ठीहरु हुनेछन्।

नेपाल सोसाइटी अफ अब्स्टेट्रिसियनस् एण्ड गाइनोकोलोजिस्टस् ९नेसोग० नेपालका प्रसुति तथा स्त्रीरोग विशेषज्ञहरुको पेशागत सँगठन हो। हाल यो संस्थामा करीब ४०० जना बिशेषज्ञहरु स्थायीरुपमा आबद्ध हुनुहुन्छ। यसको स्थापना सन् १९८९ मा भई प्रजनन तथा महिला स्वास्थ्य संबन्धी राष्ट्रिय स्तरमै सकृय रुपमा पेशागत गतिविधि गर्दै अन्तर्राष्ट्रिय पेशागत संस्थाहरुमा समेत संलग्न हुन सफल भएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *