आँउदो बर्षमा पनि बढ्ने भएन स्वास्थ्यको बजेट, ३८ अर्व ५१ करोडको सिलिङ तोकियो

budget1 copyरामप्रसाद न्यौपाने/काठमाडौँ -अर्थ मन्त्रालयले आगामी आर्थिक २०७२/०७३ का लागि ३८ अर्व ५१ करोड ९५ लाख ४ हजार रुपैँया सीमामा भित्र रहेर बजेट तथा कार्यक्रम बनाउन भन्दै स्वास्थ्य मन्त्रालयलाई सिलिङ पठाएको छ । अघिललो बर्ष भन्दा १ अर्व ७९ करोड रुपैयाँ बढी देखिएपनि यसपटकको सिलिङमा चालु खर्च भने अघिल्लो बर्षकै बराबरी छ ।

सिलिंङमा राष्ट्रिय योजना आयोगको निर्देशन अनुसार भुकम्प प्रभावित संस्थाको निर्माण तथा मर्मतमा जोड दिनुपर्ने स्पष्ट उल्लेख छ । तर सेमीनार गोष्ठिमा चालु आवमा भन्दा २५ प्रतिशत कम गरी पेश गर्न भनिएको छ ।

मन्त्रालयका अनुसार अर्थले पठाएको सिलिंङमा चालुखर्च तर्फ ३३ अर्व ४९ करोड ५३ लाख ६० हजार रकम छ । जो अघिल्लो आर्थिक बर्षको रकमसंग बराबर हो । पूँजीगत तर्फ ५ अर्व २ करोड ४१ लाख ४४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो बर्ष पूँजीगत खर्च ३ अर्ब २३ करोड, ४१ लाख ४४ हजार थियो ।

मन्त्रालयका उससचिव लिला पौडेलका अनुसार आगामी बजेटका लागि अर्थले पठाएको सिलिंङमा नेपाल सरकारको २८ अर्व ९९ करोड ५ लाख १८ हजार रुपैयाँ र बैदेशिक सहायताबाट ९ अर्व ५२ करोड ८९ लाख ८६ हजार रुपैयाँ हुने उल्लेख छ ।

सिलिंङमा राष्ट्रिय योजना आयोगको निर्देशन अनुसार भुकम्प प्रभावित संस्थाको निर्माण तथा मर्मतमा जोड दिनुपर्ने स्पष्ट उल्लेख छ । तर सेमीनार गोष्ठिमा चालु आवमा भन्दा २५ प्रतिशत कम गरी पेश गर्न भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *