नुवाकोटमा दुई सय जनाको निशुल्क स्वास्थ्य परीक्षण

kdc

काठमाडौँ – बसुन्धरास्थित कान्तिपुर जनरल हस्पिटल एण्ड डेन्टल कलेजले गत शनिबार नुवाकोटको भद्रटारमा एक दिने निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको छ ।

उत्प्रेरणा नेपालसंगको सहकार्यमा भएको स्वास्थ्य सिविरमा सामान्य चिकित्सा, दन्त चिकित्सा तथा स्त्रीरोग सम्वन्धी गरी २ सय बढीले स्वास्थ्य परीक्षण गराएका थिए ।

स्वास्थ्य शिबिरका लागि डा . रुपा झा, डा. निवेश सुवेदी, अस्पतालका म्यानेजर ब्रम्हशंकर चौधरी, डा. सुनीता खनाल, डा. रोसनी भट्टराई सहित झण्डै दुई दर्जन प्यारामेडिक्स टोली नुवाकोट पुगेको थियो ।

औषधि आवश्यक परेका व्यक्तिलाई निशुल्क उपलव्ध गराइएको थियो ।

kdc1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *