९५ लाखले खाए हात्तीपाइले रोग विरुद्धको औषधी

hattipaileकाठमाडौँ – हात्तीपाइले रोग विरुद्ध गत फागुनको तेस्रो र चौथो सातामा सञ्चालित आम औषधी सेवन कार्यक्रममा ९५ लाख बढी व्यक्तिले औषधी खाएका छन् ।

सरकारले दुई चरणको कार्यक्रममा दुई बर्ष माथिका करीब एक करोड २२ लाख व्यक्तिलाई औषधी खुवाउने लक्ष्य लिएको थियो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले प्रारम्भिक नतिजाबाट यसपटक ८० प्रतिशत बढीले औषधी खाएको अनुमान भएको बताए ।

नेपालमा ठूलो जनस्वास्थ्यको समस्याको रुपमा रहेको हात्तीपाइले रोगको निवारण गर्न सरकारले सन २००३ देखी प्रकोप रहेका जिल्लाहरुमा आम औषधि सेवन कार्यक्रम सुरु गरेको थियो ।

यसको प्रकोप ६१ जिल्लामा देखिएको भएपनि २५ जिल्लामा ६ चरणको औषधी सेवन पछि बन्द गरिएको छ । यसपटक ३६ जिल्लामा मात्रै औषधी खुवाइएको थियो ।

डा. मरासिनीले बिहीबार विज्ञप्ती जारी गर्दै यसपटकको अभियानलाई सफल पार्न आ आफ्नो ठाँउबाट खटिएका सरोकारवाला सबै पक्षलाई धन्यवाद दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *