नक्कली आरोपमा पक्राउ परेका १२ जना डाक्टरलाई काउन्सिलले गर्यो निलम्वन

nakkali doctors1
फाइल तस्बिर

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले नक्कली डाक्टरको आरोपमा पहिलो लटमा पक्राउ परेका १२ जनालाई निलम्वन गर्ने निर्णय गरेको छ । काउन्सिलको बुधबार बसेको बैठकले पक्राउ परेकाहरुलाई केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले अदालतमा मुद्धा दर्ता गरिसकेकोले अन्तिम फैसला नहुँदा सम्मका लागि निलम्वन गर्ने निर्णय गरेको हो ।

त्यसरी निलम्वनमा पर्नेहरुमा रामबाबु गिरी, मो कमरुल हक, तुलसीकुमार महतो, मो अहमद सिद्धिकी रहेका छन् । त्यस्तै सन्तोषकुमार यादव, कल्याण विश्वास, भगवान केवट मल्लाह, सैलेन्द्रकुमार महतो, अफजैल हुसेन, श्यामबाबु साह र राजेन्द्रप्रसाद दास रहेका छन् । उनीहरुमध्ये राजेन्द्रप्रसाद बाहेक सबै १९ माघमा पक्राउ परेका थिए । राजेन्द्र प्रसाद २१ माघमा पक्राउ परेका हुन् । यद्धपी यी सबैसाधारण तारिकमा छुटिसकेका छन् ।

काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले सीआइबीले मुद्धा चलाइएको जानकारी दिएपछि बुधबार बसेको बैठकले अन्तिम फैसला नहुँदासम्मका लागि निलम्वन गर्ने निर्णय गरेको बताए । उनले पछि पक्राउ परेका दुई जनाको विषयमा अहिले पनि हिरासतमै रहेका र अनुसन्धान जारी रहेकोले निर्णय हुन बाकी रहेको बताए ।

तेस्रो लटमा पक्राउ परेका सुजितकुमार दास र पछिल्लो पटक पक्राउ परेका प्रदीपकुमार गुप्ताको अनुसन्धान जारी नै रहेको छ । यी दुईको निलम्वन भइसकेको छैन ।

काउन्सिल, सीआईबी र उच्चमाध्यमिक शिक्षा परिषद्को सयुक्त टोलीले लाइसेन्स परीक्षामा पटक पटक फेल भएकाहरुको प्रमाणपत्र छानवीन गर्ने क्रममा नक्कली भएको पुष्ठी भएपछि उनीहरुलाई सीआईबीले पक्राउ गरि मुद्धा चलाएको हो । काउन्सिलले अनुसन्धान तथा मुद्धा चलाउने अधिकार सिआईबीलाई दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *