चुरोटको लत छाड्न सक्नु भएको छैन ? ‘कोल्ड टर्की’ विधि अपनाउनुस्

no tobacco

एजेन्सी – एनल्स् अफ इन्टरनल मेडिसीनले गरेको अध्ययन अनुसार चुरोटको लतबाट मुक्ति पाउनको लागि ‘कोल्ड टर्की’ बिधि उपयोगी रहेको देखाएको छ । यो बिधिमा चुरोट सेवन गर्न कुनै एकदिन देखि बाचागरी कहिल्यै नपिउने सर्त बनाएर छाडिन्छ ।

यो एकै पटक सतप्रतिशत चुरोट छाड्ने विधि हो । कतिपयले चुरोट छाड्न चाहनेलाई विस्तारै मात्रा घटाएर छाड्न सुझाब दिन्छन् । तर नयाँ अध्ययनले विस्तारै मात्रा घटाएर छाडनु भन्दा एक्कासी छाड्नु अर्थात कोल्ड टर्की विधि २५ प्रतिशत बढी प्रभावकारी रहेको देखाएको छ ।

एन.एच.एस. भन्छ, ‘चुरोट छाड्ने एक निश्चित दिनतोक्नु महत्वपूर्ण हुन्छ । दिन तय गर्नुस् वाचागर्नुस् र त्यो दिनपछि कहिल्यै हात नलगाउनुस् जब तपाईँलाई चुरोट सेवनगर्न मन लाग्छ , आफ्नो बाचा यादगर्नुस् र कहिल्यै पनि नपिउने अठोट गर्नुस् ।’

ब्रिटिस हेल्थ फाउन्डेसनले लगानी गरेको सो अध्ययनमा ७०० जना सहभागी थिए । सहभागीहरुलाई चुरोटको मात्राकम गराएर छाड्ने र अठोटका साथ एकैचोटी छाड्ने गरी दुई समूहमा बिभाजित गरिएको थियो ।
६ महिना पछि बिस्तारै मात्रा घटाएर चुरोट छाड्ने समूहका १५.५ प्रतिशत चुरोट छाड्न सफलभए तर अठोटका साथ एकैचोटि छाड्ने समूहका २२ प्रतिशतले चुरोट छाडे । त्यसैले विस्तारै छाड्नु भन्दा बाचा सहित एकैपटक छाड्नु बढी प्रभावकारी हुन्छ । अनुसन्धानकर्ता भन्छन् ‘चुरोटको लतबाट बाहिर निस्कन अठोट आवश्यकता छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *