बेलायती राजकुमार ह्यारीले कान्ति बाल अस्पतालको अवलोकन गर्ने

Prince-Harry

काठमाडौँ – आगामी ६ चैतमा नेपाल भ्रमणमा आउन लागेका बेलायती राजकुमार ह्यारीले कान्ति बाल अस्तपालको समेत अवलोकन भ्रमण गर्ने भएका छन् । पाँच दिने भ्रमणमा आउन लागेका ह्यारीले भ्रमणको अन्तिम दिन १० चैतमा कान्ति अस्पतालको अवलोकन गर्नेछन् ।

काठमाडौँस्थित बेलायती दुतावासले बुधबार सार्वजनिक गरेको राजकुमार ह्यारीको भ्रमण तालिकामा अन्तिम दिन कान्तिबाल अस्पतालको अवलोकन गर्ने उल्लेख छ ।

अस्पताल पुग्नु अघि ह्यारीले नेपालमा हुन लागेको बालिका सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीसँग सयुक्त रुपमा उदघाटन गर्नेछन् । सोही दिन भक्तपुरको सानोठिमीस्थित सानोठिमी टेक्निकल स्कुलको अवलोकन गर्ने कार्यक्रम छ ।

पाँच दिने भ्रमणका क्रममा राजकुमार ह्यारीले गोर्खा सैनिकका परिबार, पाटन तथा भक्तपुरका भूकम्पप्रभावित क्षेत्र, बर्दिया राष्ट्रिय निकुन्ज र पोखराको भ्रमण गर्ने बताइएको छ । उनले राष्ट्रपति विद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसंग समेत भेटवार्ता गर्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *