जीका संक्रमितमा स्नायुरोगको खतरा

0
Shares

children-born-with-microcephaly

एजेन्सी – एक नयाँ अनुसन्धानको आधारमा जीका भाइरस गुईलान बेर सिन्ड्रम नामक स्नायुरोगको कारण बन्न सक्ने देखिएको छ । ४२ जना गिउलेन बेर सिन्ड्रम संक्रमितमा गरिएको सो अध्ययनले यस्तो नतिजा देखाएको हो ।

अनुसन्धानकर्ताहरुका अनुसार जीका संक्रमित भएको छ दिन पछि मस्तिस्कमा सम्वन्धी समस्या ती विरामीमा देखिएको थियो । विश्व स्वास्थ्य संगठनले जीका भाइरसको सम्वन्ध माइक्रोसेफालीसंग भएको पाएपछि औपचारिक रुपमा जीकाबाट बच्न आवहान गरेको थियो ।

माइक्रो सेफाली एक विरलै पाइने रोग हो जसमा कम विकसित सानो टाउको भएका बच्चाहरु जन्मने गर्दछन् ।गुईलान बेर सिन्ड्रमले मांसपेसी कमजोर गराउने तथा अति जोखिम अवस्थामा श्वास प्रश्वासमा समस्या ल्याउने गर्दछ ।

सन २०१३ देखी २०१४ सम्ममा फ्रेन्च पोलिनेसियामा ३२ हजारमा जीका संक्रमण भएको थियो र त्यति खेरै गुईलान बेर सिन्ड्रमको केसहरु बढेको थियो ।

४२ जना गुईलान बेर सिन्ड्रम भएका बिरामीको परीक्षण गर्दा ९८ प्रतिशतमा जीका भाइरस भेटिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *