डा. केसीको अनसन बस्ने योजना चौथोपटक स्थगित

0
Shares

dr kc

काठमाडौँ – त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. गोविन्द केसीले पूर्वघोषित अनसनका कार्यक्रम चौथोपटक स्थगित गरेका छन् ।

उनले आफ्ना माग पुरा गर्ने विषयमा नागरिक अगुवाहरुले समेत हातेमालो गरी सरकारमाथि दवाव बढाई रहेको र सकारात्मक कामका लागि सरकारलाई केही समय दिन आग्रह गरेकोले पूर्वघोषित कार्यक्रम स्थगित गरेको जनाए ।यसअघि उनले २५ माघ, ११ माघ तथा २७ पुसमा पत्रकार सम्मेलन गरी अनसन स्थगित गरेका थिए ।

डा. केसीले मंगलबार जारी विज्ञप्तीमा भनेका छन, ‘यो अवधिमा विवादास्पद प्रतिष्ठानसम्बन्धी विधेयक् फिर्ता लिने लगायत चिकित्सा शिक्षाको अनियमितता र भ्रष्टाचारमा न्यायालय मुछिएको भन्ने आरोपहरुमाथि छानविन अघि बढाउने, अख्तियार प्रमुख र सहकर्मीहरुले अरु क्षेत्रमा मात्र नभएर स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा गरेका भ्रष्टाचार र धाँदलीको बारेमा छानविन गरी कारबाही गर्न, त्रि.वि.चि.शा. अध्ययन संस्थानमा रिक्त रहेको डीनको पदमा बरिष्ठताको आधारमा तुरुन्त नियुक्त गर्न र राजीनामा बारे छानविन गर्न, विश्वविद्यालयहरुमा नियुक्ति गर्दा राजनीतिक भागबण्डा अन्त गर्नका लागि पदाधिकारी नियुक्तिको नयाँ व्यवस्था ऐनमार्फत् गर्ने जस्ता सबै माघहरु पूरा नभएमा अथवा उल्लंघन गर्ने कोशिस गरेमा कुनै पनि बेला आमरण अनशन शुरु गर्ने जानकारी गराउन चाहन्छु ।’

डा. केसी यसअघि सात पटक अनसन बसी सकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *