राप्ती उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठान बनाउन कार्यदल

644
Shares

rapti hospital

काठमाडौँ – सरकारले राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले सो कार्यका राय सुझाव सहितको अवधारणा प्रतिवेदन पेश गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार गत ११ फागुनको मन्त्रीस्तरीय बैठकको निर्णयबाट कार्यदल गठन भएको हो ।

मन्त्रालयका सहसचिव एवं चिकित्सा सेवा महाशाखा प्रमुख डा गुणराज लोहनीको संयोजकत्वमा गठित कार्यदलमा राप्ती उपक्षेत्रीय अस्पतालका मेसु डा विकास देवकोटा, मन्त्रालयका प्रमुख ऐन नियम परामर्स शाखाका उपसचिव खिमानन्द भुसाल, मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका निमित्ति प्रमुख भोगेन्द्रराज डोटेल र चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण अधिकारी सदस्य रहेका छन् ।

मन्त्रालयका प्रवक्ता श्रेष्ठले पाँच नम्बर प्रदेशमा एउटा पनि प्रतिष्ठान नभएको अवस्थामा दाङमा प्रतिष्ठान खोल्ने तयारी भएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *