काँग्रेस महाधिवेशनका लागि डा. शशांक कोइरालाको नेतृत्वमा स्वास्थ्य समिति गठन

Nepali_Congress_Edited.svg

काठमाडौँ – नेपाली काँग्रेसले १३ औँ महाधिवेशनका लागि डा शशांक कोइरालाको संयोजकत्वमा स्वास्थ्य समिति गठन गरेको छ ।

देशभरबाट आउने तीन हजार १८१ जना प्रतिनिधीका लागि स्वास्थ्य सिविर र स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको काँग्रेसले जनाएको छ ।

समितिका सदस्य तथा पूर्वस्वास्थय मन्त्री उमाकान्त चौधरीले तयारी तिव्ररुपमा अघि बढेको बताए । सहभागीका स्वास्थ्यका लागि पार्टीले कुनै कसर बाँकि नराख्ने बताए ।

‘देशभरबाट तीन हजार १८१ प्रतिनिधिका लागि स्वास्थ्य शिविर राखिने र तिनको सामान्य स्वास्थ्य परीक्षणको व्यवस्था गरिने छ ।’ उनले भने आउने प्रतिनिधिलाई निशुल्क परीक्षण्ण तथा निशुल्क औषधिको पनि व्यवस्था गरिदै छ ।

उनले महाधिवेशनका समयमा आकस्मिक स्वास्थ्य समस्या परेका १० भन्दा बढी एम्बुलेन्स कार्यक्रमस्थलमा व्यवस्था मिलाएको पनि बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *