क्यान्सर उपचारमा अब इम्युन्यो थेरापी पनि

cancer

एजेन्सी – रेडियो थेरापी र केमो थेरापीको बढी प्रयोग हुने क्यान्सर उपचारमा नयाँ पद्धतीको थपिने भएको छ । बैज्ञानिकहरुले नयाँ उपचार पद्धती इम्यूनो थेरापीको प्रयोग गर्न लागेका हुन् ।

रेडियो थेरापी, केमो थेरापी भन्दा पनि बढी प्रभावकारी हुन सक्ने मानिएको इम्युनो थेरापीमा शरीरको प्रतिरक्षा प्रणालीले शरीर भित्र भएको क्यान्सर कोष विरुद्ध लड्ने काम गर्ने बैज्ञानिकहरुले बताएका छन् ।

९० प्रतिशत भन्दा बढी क्यान्सरबाट अति सिकिस्त बिरामीमा यो पद्धतीको अनुसन्धान गर्दा सुधारोन्मुख नतिजा देखिएपछि यसको प्रभावकारीता रेडियो थेरापी, केमो थेरापी र सर्जरी भन्दा बढी हुनसक्ने मानिएको हो ।

यस प्रक्रियामा ल्यूकेमिया भएका विरामीबाट सेतो रक्तकोष निकाली त्यसलाई प्रयोगशालामा स्वरुप परिवर्तन गरी पुन त्यसलाई शरीरमा राखिन्छ ।

‘यो पद्धतीको बिकास गर्दा क्यान्सर भएका विरामीबाट किलर टि सेल बाहिर निकालिन्छ । र यसलाई जेनेटिकल्ली मोडिफाई गरिन्छ । जसलाई सिमेरिक एन्टीजेन रिसेप्टरको संज्ञा दिइएको छ । र यो कोषलाई पुन शरीरमा हाल्दा यसले क्यान्सर कोषको विरुद्ध लड्छ,” अनुसन्धानमा प्रमुख बैज्ञानिक स्टान्ले रिडेलले भने । यद्धपी यो प्रक्रियाको नतिजा भने प्रकाशित गरि सकिएको छैन् ।

अनुसन्धानका क्रममा दुई जनाको मृत्यु

त्यसो त यो परीक्षणका क्रममा कडा प्रतिरक्षा प्रणालीको कारण दुई जनाको मृत्यु भएको छ । हालै अमेरिकाको वासिङट्न डीसीमा भएको अमेरिकन एसोसोसियसन अफ एडभान्समेन्ट अफ साइन्सको बैठकमा यो कुरा बाहिर आएको हो ।

यद्धपी यो पद्धती अनुसन्धानमा प्रमुख भूमिका खेलेका बैज्ञानिक स्टान्ले रिडेलले ती दुई मृत बिरामीमा सबै उपचार पद्धती फेल खाइसकेको र केबल दुई देखी पाच महिना आयू रहेको भन्दै यो पद्धतिको बचाउ गरे ।

‘हामीले ट्रायल गरेका सबै विरामीहरु अरु क्यान्सर उपचार पद्धतीबाट फेल खाईसकेका थिए । र यो थेरापीको केवल एक डोजले ९० प्रतिशत बिरामीमा सुधारोन्मुख लक्षण देखिएको हो,’ स्टान्लेले भने ।

यो उपचार पद्धतीको नतिजा प्रकाशित तथा अध्ययन नभै सकेको हुँदा यसको प्रभावकारीताको औपचारिक प्रतिवेदन भने आउन बाँकी नै छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *