अब स्वास्थ्यका विषय पढ्न एसएलसीमा कम्तीमा ‘सी ग्रेड’ !

0
Shares

ctevt

काठमाडौँ – एसएलसीमा सी ग्रेड सम्म नल्याउने विद्यार्थीले त्यस भन्दा माथिल्लो तहमा गएर स्वास्थ्यतर्फका कुनै पनि विषयको अध्ययन गर्न नपाउने भएका छन् ।सानोठिमी स्थित प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् सीटीइभीटीले यस्तो निर्णय गरेको हो ।

सोमबार बसेको सीटीइभीटीको पाठ्यक्रम विकास समितिको बैठकले सी ग्रेड सम्मका विद्यार्थीलाई मात्रै स्वास्थ्य तर्फ भर्ना लिन पाउने निर्णय गरेको हो ।‘सी ग्रेड’मा पास हुनका लागि प्रत्येक विषयमा ४० देखी ५० अंक ल्याउनु पर्छ ।

सीटीइभीटीका उपाध्यक्ष कुलबहादुर बस्नेतले अंग्रेजी, गणीत र विज्ञान विषयमा सी ग्रेड भन्दा कम हुनै नहुने र अरु विषयमा पनि अंक जोडदा त्यति नै हुनुपर्ने बताए ।

सीटीइभीटीले स्वास्थ्यतर्फ डिप्लोमा तह (पिसिएल नर्सिङ, फार्मेसी, हेल्थ असिस्टेन्ट)लगायतका विषय पढाउने गर्दछ । यसपालिको एसएलसी परीक्षा चैत १८ गतेदेखि सुरु हुँदैछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *