प्लसटूका नौ सय विद्यार्थीलाई रक्तदानबारे प्रशिक्षण दिइने

blood-donation1काठमाडौँ – नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैंकले ३० वटा प्लसटूका ९ सय विद्यार्थीलाई रक्तदानबारे प्रशिक्षण दिने भएको छ । रक्तदाता उत्प्रेरणा कार्यक्रम अन्तर्गत व्लड बैकले प्लस टूका विद्यार्थीलाई प्रशिक्षण दिन लागेको हो ।

व्लड बैकका निमित्त प्रमुख डा प्रकाशकुमार यादवले १८ बर्ष पुग्नासाथ रक्तदान गरुन भन्ने मनसायले प्लसटूका विद्यार्थीलाई रक्तदान बारे प्रशिक्षण दिन लागिएको बताए । उनले युवाहरुको रगत बढी फ्रेस हुने र १८ बर्ष पुग्नासाथ सुरु गरे त्यसले धेरै पछिसम्म काम आउने भएकोले प्लसटूलाई नै लक्षित गरिएको बताए ।

बैकका लेखा प्रमुख ईश्वरी पन्तले प्रशिक्षणका लागि पहिलो चरणमा उपत्यकाका ३० वटा कलेज छनौट गरिने र प्रति कलेज तीस जनाको दरले प्रशिक्षण दिइने बताए । उनले उपत्यका पछि उपत्यका बाहिर पनि यो कार्यक्रम विस्तार गरिने जानकारी दिए ।

दैनिक करीब साढे तीन सय युनिट रगत माग हुने उपत्यकामा रक्त संकलन भने कम हुने गरेको छ । रगत कम भएकै कारण विरामीका आफन्तहरुले कहिलेकाही सास्थी खेप्नु परेको देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *