डा. केसीको अनसन तीन साताका लागि स्थगित

dr kc

काठमाडौँ – त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. गोविन्द केसीले आजबाट गर्ने भनेको अनसन तीन साताका लागि स्थगित गरेका छन् । प्रा.डा. केसीले सोमबार अपरान्ह विज्ञप्ती जारी गर्दै अनसन १७ फागुन सम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।

उनले आफ्ना माग पुरा गराउने विषयमा नागरिक अगुवाहरुले समेत संगठित ढंगबाटै सरकारलाई दवाव दिएको र मागका विषयमा केही सकारात्मक संकेत समेत देखिएको भन्दै अगुवाहरुकै आग्रहमा आफ्नो अनसन स्थगित भएको जनाएका छन् ।

तीन साताको अवधीमा प्रतिष्ठान विधेयक फिर्ता लिनुपर्ने चिकित्सा शिक्षाको अनियमितता र भ्रष्टाचारमा न्यायलय मुछिएको भन्ने आरोपमाथि छानवीन अघि बढाउने, विश्व विद्यालयमा गरिने नियुक्तिलाई दलिय भागवण्डाबाट अन्त्य गर्न नयाँ ऐनको व्यवस्था गर्ने लगायतका कामहरु हुनुपर्ने उनले सर्त राखेका छन् ।

डा. केसीले यसअघि दुईपटक दुई साताका दरले अनसन कार्यक्रम स्थगित गर्दै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *