यतिकेमले ल्यायो ‘हाइ स्ट्रेन्थ’को ‘ओमेगा-थ्री फिस ओयल’

omega 3 fish oilनेपाली हेल्थ / काठमाडौँ – नेपालमा औषधि आयात तथा वितरण क्षेत्रमा प्रसिद्धि कमाएको यतिकेम ग्रुपको यति हेल्थ केयर प्रालिले कडा डोज (हाई स्ट्रेन्थ)को बार्लिन्स ‘ओमेगा-थ्री फिस ओयल’ बजारमा ल्याएको छ । ‘जिलाटिन फर्म’मा ‘क्याप्सुल’ भित्र राखिएको १२ सय एमजीको यो ‘फिस ओयल’मा इपीए ४०८ एमजी र डिएचए २८८ एमजी रहेको छ ।

विशेषगरी मधुमेह, मुटुरोग, उच्च कोलेस्टेरोल, आथ्राइटिस, अल्जाइमर्स लगायतका स्वास्थ्य समस्या भएका व्यक्तिको उपचारका लागि लाभदायी मानिने ओमेगा-थ्री ‘फ्याटि एसीड’ स्वस्थ मानिसका लागि पनि उत्तिकै आवश्यक हुने चिकित्सकहरु बताउछन् ।

चिकित्सकहरुका अनुसार शरीरमा जम्मा हुदै गएको ‘व्याड कोलेस्टेरोल’ घटाउन तथा कमजोर हुँदै गएको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि यसको प्रयोग लाभदायी मानिन्छ ।

त्यसो त केही समय अघि अमेरिकाको हार्डभर्ड विश्वविद्यालयमा गरिएको एक अध्ययनले ओमेगा थ्री भनिने फ्याटि एसिडको कमी मानव मृत्युको प्रमुख दश कारण भित्रै पर्न आउने उल्लेख गरेको थियो । सोही कारण पनि यसको प्रयोग विरामी तथा स्वस्थ व्यक्तिका लागि अतिनै जरुरी रहेको चिकित्सकहरु बताउछन् ।

यतिकेमले नेपाली बजारमा ल्याएको बार्लिन्स ‘ओमेगा-थ्री फिस ओयल’ स्वीडेनको कम्पनी लेगोसन एबीले बनाएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *