भूकम्पका घाइतेको उपचारमा १६ करोड १३ लाख खर्च

bhukampa

नेपाली हेल्थ / काठमाडौँ – स्वास्थ्य मन्त्रालयले गत १२ बैशाखको भूकम्प र त्यसपछिका पराकम्पनबाट घाइते भएका सर्वसाधारणको उपचारका लागि १६ करोड १३ लाख रुपैया खर्च गरेको जनाएको छ । सो भूकम्पमा २२ हजार बढी घाइते भएका थिए भने ८ हजार ७०२ जनाको मृत्यु भएको थियो ।

भूकम्प गएको दश महिना पछि भूकम्पले स्वास्थ्य क्षेत्रमा पारेको असर र त्यसपछि भएका कामको प्रगतिबारे जानकारी दिन मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्र श्रेष्ठले सो जानकारी दिएका हुन् ।

उनले मन्त्रालयलाई डव्लुएचओ, निक साइमन्स, र दैविप्रकोप कोषबाट प्राप्त भएको १७ करोड ४१ लाख मध्येबाट सो रकम बितरण गरेको बताए । उनले १६ करोड मध्ये केही रकम स्वास्थ्य संस्थाको मर्मत सम्भारमा खर्च गरिएको बताए ।

प्रवक्ता श्रेष्ठले रकम घाइतेको उपचार गरेका विभिन्न सरकारी तथा निजी अस्पतालहरुलाई उपचार दिएका घाइतेको संख्याको आधारमा वितरण गरिएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *