‘गर्भपतन गराउन छुट छ भन्ने महिलालाई नै थाह छैन’

नेपाली हेल्थ / काठमाडौँ – नेपालमा सुरक्षीत गर्भपतन सेवा कानूनी रुपमा मान्यता पाएको १४ बर्ष पुगेको छ तर अहिलेसम्म जम्मा ३८ प्रतिशतले यसबारे जानकारी पाएका छन् । महिला तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा क्रियाशिल संस्थाका अगुवाहरुले जानकारीको अभावमा अहिले पनि असुरक्षीत गर्भपतन भइरहेको बताएका छन् । नेपालमा सन २००२ देखी सुरक्षीत गर्भपतनले कानूनी मान्यता पाएको हो ।

एसिया सेफ एबोर्सन पाटर्नरसिप(एसप), युथ च्याम्पियन एड्भोकेसी नेटवर्क (युथ क्यान) र मिडिया एड्भोकेसी ग्रुप (म्याग) को संयुक्त आयोजनामा आइतबार आयोजित कार्यक्रममा सहि सूचनाको अभावमा महिलाहरु असुरक्षीत गर्भपतन गर्न बाध्य भएको बताइएको थियो ।

सुरक्षित गर्भपतनसम्बन्धी लामो समयदेखि अध्ययन, अनुसन्धान तथा कार्यक्रम गर्दै आइरहेको संस्था कृपाका निर्देशन आनन्द तामाङले कास्की, तनहुँ, काभ्रे, भक्तपुरलगायत १३ जिल्लामा बढी गर्भपतन हुने गरेको बताए । उनले औषधिद्वारा गरिने गर्भपतनमा नदुख्ने औषधिको अनुसन्धान विभिन्न मुलुकमा भइरहेकाले अब छिट्टै नै महिलाले राहत पाउने बताए ।

मिडिया एडभोकेसी फोरमका अध्यक्ष बबिता बस्नेतले महिलाको यौन तथा प्रजनन् अधिकार स्थापित नभएसम्म दिगो विकास लक्ष्य पूरा हुन नसक्ने भन्दै महिलालाई सुरक्षित गर्भपतनको अधिकार प्राप्तिमा सचेतना जगाउनुपर्ने बताए ।

कार्यक्रममा युथ च्याीम्पयन एडभोकेसीका संयोजक स्मृति थापाले गर्भपतनलाई महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको रुपमा उल्लेख गरिनुपर्ने र सोहीअनुसार उनीहरुको पहुँच पुरयाउनुपर्नेमा जोड दिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *