चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जानका लागि स्वदेशको प्रवेश परीक्षा उत्तीर्ण हुनै पर्ने
नेपाली हेल्थ/काठमाडौँ- एमविविएस र बीडीएस अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीले अब नेपालका विश्वविद्यालयले लिने एमबीबीएस तथा बीडीएसको प्रवेश परीक्षा समेत उर्तीर्ण हुनुपर्ने भएको छ ।
नेपाल मेडिकल काउन्सिलले आगामी १ फेब्रअरीबाट विदेश अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई नेपालका विश्वविद्यालय, प्रतिष्ठान र अध्ययन संस्थानले एमबीबीएस र बीडीएस अध्ययनका लागि लिएको परीक्षा( इन्ट्रान्स एक्जाम)मा उत्तीर्ण हुनै पर्ने व्यवस्था गरिएको जनाएको छ । विदेश अध्ययनका लागि काउन्सिलबाट अध्ययन अनुमति पत्र (इलिजिबिलिटी सर्जिफिकेट) लिनै पर्ने हुन्छ ।
काउन्सिल प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीले चिकित्साशिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई अध्ययन अनुमति पत्र दिनका लागि साझा राष्ट्रिय परीक्षा उर्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागेको भन्दै त्यो कार्यान्वनयमा नआउदासम्म विश्वविद्यालयले लिएको प्रवेशपरीक्षाको नतिजालाई आधार बनाइन लागिएको बताए ।
चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थी संख्या घट्यो
चिकित्साशिक्षा अध्ययन गर्न विदेश जाने नेपाली विद्यार्थीको संख्यामा कमी देखिएको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार सन २०१५मा मात्रै एमबीबीएस र बीडीएस अध्ययन गर्न कुल १ हजार २१२ जना विदेश गएका छन् । सो संख्या अघिल्लो बर्षको तुलनामा १६७ जनाले कम भएको काउन्सिलले जनाएको छ ।
काउन्सिल प्रवक्ता डा. अधिकारीले विदेश जाने विद्यार्थीहरुले दिने इलिजिविटी सर्टिफिकेट लिनै पर्ने र सो लिनेको संख्या अघिल्लो बर्षको तुलनामा कमि देखिएको बताए ।