टुक्रिएको जनसंख्या मन्त्रालयको आधा युनिट स्वास्थ्यमै रहने, बाताबरणमा गाभिन जाने आधा युनिट मात्रै

नेपाली हेल्थ /काठमाडौँ –MoHP-Nepal

जोडिएको १२ बर्षपछि टुक्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको जनसंख्या महाशाखाका सबै शाखा बाताबरण मन्त्रालयमा नजाने भएको छ । स्वास्थ्य मन्त्रालय अनुसार जनसंख्या महाशाखामा रहेको ४ वटा शाखा मध्ये दुईवटा मात्रै बाताबरण मन्त्रालयमा गाभिने भएको छ ।

त्यसरी गाभिनेमा जनसंख्या महाशाखा अन्तर्गतको जनसंख्या अध्ययन अनुसन्धान शाखा र जनसंख्या व्यवस्थापन शाखा छन् । सोही महाशाखामा रहेको लैंगिक समानता र सामाजिक समावेसीकरण ( जेसी) इकाई र नीति योजना तथा समन्वय शाखा स्वास्थ्य मन्त्रालय अन्तर्गत नै रहनेछ ।

जेसी इकाईका प्रमुख उपसचिव पर्वप्रसाद सापकोटाले जनसंख्या महाशाखा स्वास्थ्यमा गाभिदा केही शाखाहरु महाशाखा तिर ल्याइएको र अब जनसंख्या अर्को मन्त्रालयमा जानेभएपछि ती शाखाहरु पुन स्वास्थ्य अन्तर्गत नै रहने बताए । उनले जेष्ठ नागरिक उपचार , असाहाय उपचार, लगायतका कार्यक्रमहरु स्वास्थ्यकै रहेकोले बाताबरण मन्त्रालयमा गाभिन नसक्ने बताए ।

मन्त्रालयकै कतिपय अधिकारीहरुले भने स्वास्थ्यबाट जनसंख्या मन्त्रालय टुक्रिएपछि जनसंख्या महाशाखाका सबै शाखाहरु बाताबरण मन्त्रालयमा मिल्न जाने बताउदै आएका छन् । उपसचिव सापकोटाले स्वास्थ्यका अधिकारीहरुको सो भनाईलाई जानकारी अभाव भएको टिप्पणी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *