गरीब तथा बेबारिसे विरामीको उपचार आठ वटा अस्पतालमा नि:शुल्क

नेपाली हेल्थ /काठमाडौँ-bir hospital

के तपाईँलाई थाह छ ? बेबारिसे तथा असाहाय बिरामीको उपचार गर्न सरकारले छुट्टै बजेटको व्यवस्था नै गरेको छ भन्ने ? यदि थाह छैन भन अब थाह पाउनुस । स्वास्थ्य मन्त्रालय जनसंख्या महाशाखा अन्तर्गतको लैंगिक समानता र सामाजिक समाबेसीकरण ( जेसी) एकाइले बेबारिसे विरामीको उपचार गर्न तीनवटा केन्द्रीय अस्पताल सहित ८ वटा क्षेत्रीय अस्पताललाई बजेट उपलव्ध गराउँदै आएको छ ।

ती अस्पतालहरुमा बीर अस्पताल, प्रसुतिगृह अस्पताल र कान्ति बाल अस्पताल जस्ता केन्द्रीय अस्पताल छन् । त्यस्तै कोशी अञ्चल अस्पताल विराटनगर, भरतपुर अस्पताल चितवन, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, भेरी अञ्चल अस्पताल नेपालगञ्ज, सेती अञ्चल अस्पताल धनगडी रहेका छन् ।

ती अस्पतालमा बेबारिसे बिरामी भर्ना १० हजार रुपैयाँ सम्मको उपचार निशुल्क प्राप्त गर्छ भने ओपिडीमा २ हजार ५ सय सम्मको उपचार पाउछ । जेसी इकाइका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका उपसचिव पर्वप्रसाद सापकोटाका अनुसार बेबारिसे मात्रै होइन मन्त्रालयले अरु ५ वटा सूचीमा परेका विरामीका लागि पनि सोही सेवा उपलव्ध गराएको छ । सापकोटाका अनुसार सो सुविधा गरीव–अति गरीब, अपाङ्ग –अशक्त, जेष्ठ नागरिक, लैंगिक हिंसा पिडीत र महिला स्वास्थ्य स्वयंसेविकालाई समेत दिने व्यवस्था छ ।

तर कतिपयले सरकारले उपलव्ध गराएको सो सेवाबारे जानकारी नै पाउन सकेका छैनन । जानकारी नभएरै हुनसक्छ बीर, कान्ति तथा प्रसुतिगृह जस्ता केन्द्रीय अस्पतालका छेवैमा बेबारिसे तथा असाहाय विरामीहरु अलपत्र अवस्थामा देखिन्छन् । उपसचिव सापकोटा भन्छन, ‘यो व्यवस्था त्यस्तै सहाराविहीन व्यक्तिको लागि हो । तोकिएका अस्पतालमा विरामी पुगे उनीहरुले निशुल्क उपचार गराउनुपर्छ । त्यसका लागि बजेट सरकारले उपलव्ध गराइरहेको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *