पुरुष समलिंगीलाई नयाँ नियम : एक बर्ष यौन गतिविधि त्यागेमात्रै रक्तदान गर्न पाउने

नेपाली हेल्थ –

न्युयोर्क । अमेरिकामा पुरुष समलिंगीहरुलाई पनि रक्तदान गर्न बाटो खुलेको छ । अमेरिकी सरकारको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन( एफडीए)ले बनाएको नयाँ नियमले पुरुष समलिंगीलाई रक्तदान गर्ने बाटो खोलिदिएको हो । तर ती समलिंगीहरुले रक्तदान गर्न कम्तिमा एक बर्ष सम्म समलिंगी यौन गतिविधीमा सम्लग्न भएको हुनु हुदैन । अमेरिकामा करीव ३० बर्ष अघि देखी पुरुष समलिंगीहरुलाई रक्तदान गर्नबाट बन्चित गरिएको थियो ।

समलिंगी अधिकारबादीहरुले भने रक्तदान गर्नका लागि एक बर्षे समलिंगी यौन गतिविधिमा सहभागी हुन नपाउने नीतिलाई भेदभावको संख्या दिएका छन् । यद्धपी यो नीति बेलायत, जापान तथा अष्ट्रेलियाको नीतिसंग मिलेको विज्ञहरु बताउछन् ।

सन् १९८० को दशकमा देखिएको एड्सको महामारीसंगै अमेरिकामा समलिंगीहरुलाई रक्तदान गर्नबाट बन्चित गरिएको थियो । तर रक्तदान कार्यमा लागेका अधिकारीहरुले समलिंगीहरुलाई रक्तदान गर्न नदिनुको बैज्ञानिक आधार नभएको भन्दै नीति परिबर्तन गर्न दवाव दिइरहेका थिए ।

मानव अधिकारकर्मी डेभिड स्त्यासीले एफडीएको नयाँ कार्यलार्य सहि दिशामा एक कदम भन्दै अझै अगाडी जान बाँकी रहेको बताए । उनले भने अहिलेको प्रविधि र रगतको स्क्रीनिङको समयमा समलिंगू पुरुषले रक्तदानबाट बन्चित गर्नुको कुनै आधार नै छैन ।

पुरुष समलिंगीहरुलाई रक्तदान गर्न कुन देशमा कस्तो ब्यवस्था छ  ?

blood

  • बेलायत( उत्तर आयरल्याण्डबाहेक) जापान र अष्ट्रेलियामा पुरुष समलिंगीहरुले अर्को पुरुषसंग यौन सम्पर्क गरेको एक वर्षसम्म रक्तदान गर्न पाउदैनन् ।
  • क्यानडामा समलिंगीहरुले अर्को पुरुषसंग यौन सम्पर्क गरेको पाँच वर्षसम्म रक्तदान गर्न पाउदैनन् ।
  • इटाली, मेक्सिको , पोल्याण्ड, पोर्चुगल, रुस र स्पेनमा भने पुरुष समलिंगीलाई रक्तदान गर्नबाट निषेध गरिएको छैन तर रक्तदान गर्दा कडा प्रश्नहरु सोधिने गरिन्छ ।

 

 

– बीबीसीको सहयोगमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *