भृकुटीमण्डपको ब्लडबैंक बालकुमारी सर्यो, अब रगत लिन भृकुटीमण्डप होइन बालकुमारी नै जानुपर्ने

बालकुमारीमा रहेको इमरजेन्सी व्लडबैंक
बालकुमारीमा रहेको इमरजेन्सी व्लडबैंक

नेपालीहेल्थ / काठमाडौँ-

विरामीका लागि रगत लिन अब बालकुमारी पुग्नु पर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटीले भृकुटीमण्डपमा सञ्चालन गर्दै आएको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र( व्लड बैंक) ललितपुरको बालकुमारीमा रहेको आकस्मिक रक्तसञ्चार सेवा भवनमा सारेपछि रगत लिन बालकुमारी पुग्नुपर्ने भएको हो ।

गत १२ बैशाखको महाभूकम्पले भृकुटीमण्डपको मुख्य भवनमा क्षति पुरयाएपछि सो भवन भत्काई नयाँ निर्माण गर्न रेडक्रसले केही बर्षका लागि व्लडबैंक सार्न लागेको हो । भृकुटीमण्डममा नयाँ भवन बनेपछि व्लडबैंक सेवा पुन पुरानै ठाँउमा फर्कने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

व्लड बैकका सिनियर मेडिकल अफिसर डा प्रकाशकुमार यादवले सोमबार( ६ पुस)बाट भृकुटीमण्डपको सेवा बालकुमारीबाट दिने तयारी भएको बताए । यद्धपी उनले एक दुई दिन भृकुटीमण्डपबाट पनि आंशिक सेवा दिइने जानकारी दिए ।

ब्रिटिस रेडक्रसको सहयोगमा ३ करोड लागतमा निर्माण भएको बालकुमारीको आकस्मिक रक्तसञ्चार केन्द्र गत ५ बैशाख देखी सञ्चालनमा आएको हो । भूकम्प प्रतिरोधी अन्तराष्ट्रिय स्तरको सो व्लडबैक ९ रेक्टरस्केलसम्मको भूकम्प सहजै थेग्ने बताइएको छ । सञ्चालनमा आएको एक साता पछि अर्थात १२ बैशाखको महाभूकम्प थेगेको सोही भवनमा भृकुटीमण्डपको व्लड बैक सार्न लागिएको हो ।

व्लडबैंकका लेखा अधिकृत इश्वरी पन्तले भृकुटीमण्डममा अन्तराष्ट्रियस्तरको व्लडबैंक बनाउने तयारी भएकोले अस्थायी रुपमा व्लडबैंक बालकुमारी सारिएको बताए । उनले भृकुटीमण्डममा भवन तयार भएपछि बैंक पुन फर्किने बताए । पन्तले ललितपुर रेडक्रसको सहकार्यमा पुल्चोकस्थित हृदयरोग प्रतिष्ठानको कार्यालयबाट पनि रगत वितरणको व्यवस्था गर्ने तयारी भएको जानकारी दिए ।

बालकुमारीमा रहेको ब्लडबैंकमा कसरी पुग्ने ? नक्सामा हेर्नुस :

location-map

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *