भृकुटीमण्डपको ‘व्लड बैँक ‘ सर्दै , ६ पुस देखी रक्तसेवा बालकुमारी र पुल्चोकबाट

नेपाली हेल्थ / काठमाडौँ –

बालकुमारीमा रहेको इमरजेन्सी व्लडबैंक
बालकुमारीमा रहेको इमरजेन्सी व्लडबैंक

अब रगत लिनका लागि अब ललितपुरको बालकुमारी पुग्नुपर्ने भएको छ । भृकुटी मण्डपको रक्तसञ्चार सेवा केन्द्र ‘व्लड बैँक’ ६ पुस देखी ललितपुरको बालकुमारीमा सर्ने भएपछि रगत लिनका लागि बालकुमारी पुग्नुपर्ने भएको हो ।

गत बैशाखको भूकम्पले भृकुटीमण्डपको व्लड बैक भवनमा क्षति पुगेको थियो । क्षतिग्रस्त भवन भत्काइ नयाँ बनाउनका लागि व्लड बैक सारिएको रेडक्रसले जनाएको छ । गतवर्षबाट सञ्चालनमा ल्याइएको बालकुमारीस्थित आकस्मिक रक्तसञ्चार सेवा केन्द्रबाट हुने भृकुटीमण्डपमा २० करोडको लागतमा अत्याधुनिक व्लड बैक बन्दैछ ।

व्लड बैक आर्थिक प्रशासन शाखाका प्रमुख इश्वरी पन्तले आगामी ६ पुसबाट रक्तसम्वन्धी सबै सेवा बालकुमारीमा रहेको अत्याधुनिक व्लड बैकबाट हुने जानकारी दिए । उनले पुल्चोकस्थित हृदयरोग प्रतिष्ठानको कार्यालयबाट पनि रगत लिन सकिने व्यवस्था गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *