स्वास्थ्य सेवा विभागको नेतृत्व परिवर्तन : महानिर्देशकमा डा. पुष्पा चौधरी, डा. उप्रेती मन्त्रालय तानिए

नेपाली हेल्थ /काठमाडौँ –

डा. पुष्पा चौधरी, महानिर्देशक स्वास्थ्य सेवा विभाग

स्वास्थ्य सेवा विभागमा महानिर्देशकको जिम्मेबारी डा पुष्पा चौधरीले सम्हाल्ने भएकी छन् । बुधबार बसेको स्वास्थ्य मन्त्रालयको मन्त्रिस्तरीय बैठकले परिबार स्वास्थ्य महाशाखाकी निर्देशक डा. चौधरीलाई निमित्त  महानिर्देशकको जिम्मेबारी दिने निर्णय गरेको हो । यसअघिका महानिर्देशक डा सेनेन्द्रराज उप्रेतीलाई मन्त्रालयमा तानिएको छ ।

विभागको महानिर्देशक पद १२ तहको हो । तर चौधरी भने ११ औ तहकी हुन् । स्वास्थ्य मन्त्री रामजनम चौधरीको अध्यक्षतामा बुधबार बसेको बैठकले स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाको नेतृत्व पनि परिवर्तन गरेको छ । बाल स्वास्थ्यका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई कान्ति बाल अस्पतालमै फिर्ता गरिएको छ । उनको ठाँउमा मध्य पश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा.राजेन्द्र पन्तलाई ल्याइएको छ ।

मन्त्री चौधरीले एक साता अघि मात्रै स्वास्थ्य तालिमक केन्द्रका निर्देशक परिवर्तन गरेका थिए । तालिम केन्द्रका निमित्त निर्देशक अच्युत लामिछानेलाई जिल्ला जनस्वास्थ्य कार्यालयको प्रमुखमा र सो ठाँउमा जिल्ला जनस्वास्थ्य कार्यालयकै प्रमुख डा श्रीकृष्ण भट्टलाई लगिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *