औषधिको तीन बर्षे खरीद प्रक्रिया पुन: ब्युताइयो, तीन बर्षे खरीदका लागि टेण्डर आवहान गरिदै

नेपाली हेल्थ / काठमाडौँ –

medicines-l

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले तीन बर्षका लागि औषधि खरीद गर्ने तयारी गरको छ । एक एक बर्षे खरीद प्रक्रियाले औषधि पुरयाउन मुस्किल भएको भन्दै महाशाखाले पुन तीन बर्षे खरीद प्रक्रिया अघि सारेको हो ।

तीन बर्षे खरीद प्रक्रियामा अनियमिता हुने भन्दै यसअघिका स्वास्थ्य मन्त्री खगराज अधिकारीले रोकेका थिए । तीन बर्षे खरीद प्रकृया चलाएका यसअघिका निर्देशकहरु पनि भ्रष्टाचार काण्डमा मुछिएका थिए ।

महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीले एक एक बर्षे खरीद प्रक्रियाले औषधि पुरयाउन मुस्किल हुने भन्दै तीन बर्षे खरीद प्रक्रिया अघि सारेको बताए । उनले तीन बर्षे खरीदका लागि एक दुई दिन भित्रै टेण्डर आवहान गर्न लागेको जानकारी दिए ।

पछिल्लो समय भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण देशभर औषधि अभाव भएको छ । तीन बर्षे खरीद प्रक्रिया दुई बर्ष अघि अवरुद्ध हुँदा कतिपय औषधिहरु अहिलेसम्म खरीद प्रक्रियामा लगिएको छैन । दुई बर्ष अघि घोषणा भएको ७० प्रकारका निशुल्क औषधिको खरीद प्रक्रिया समेत अडकिएको छ । यद्धपी अभाव हटाउन मन्त्रालयको निर्देशनमा महाशाखाले तीन महिनाका लागि फास्ट ट्रयाक प्रक्रिया मार्फत औषधि खरीद गर्ने योजना अघि सारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *