एनआरएनले दियो थप ५० लाखको औषधि

नेपाली हेल्थ/काठमाडौँ –

NRN-Sesh-Ghale

भारतीय नाकाबन्दीले देशभर औषधि अभाव भइरहेका बेला गैरआवासीय नेपाली संघ (एनआरएन)ले ५० लाख १८ हजार बराबरको औषधि सरकारलाई हस्तान्तरण गरेको छ । पछिल्लो दश दिनमा एनआरएनको तर्फबाट सरकारलाई औषधि हस्तान्तरण गरेको यो दोस्रो पटक हो । यसअघि ८ मंसिरमा एनआरएनले ३८ लाख बराबरको औषधि सरकारलाई यसैगरी हस्तान्तरण गरेको थियो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखामा शुक्रबार दिउसो ३ बजे आयोजित कार्यक्रममा संघका अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री मोहमद मुस्ताक आलमलाई दोस्रो चरणमा ल्याइएको औषधि हस्तान्तरण गरेका थिए । हस्तान्तरित औषधि सबै जीवन रक्षक र आकस्मिक उपचारमा प्रयोग हुने बताइएको छ ।

आफूलाई सरकार र अस्पतालका तर्फबाट उपलव्ध गराइएको लिष्ट अनुसार नै औषधि ल्याइएको भन्दै एनआरएनले बुटवल, बीरगञ्ज र जनकपुरस्थित अञ्चल अस्पताललाई छुट्टै २५ लाख ७४ हजार बराबरको औषधि उपलव्ध गराएको समेत जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको स्वीकृती र नेपाली सेनाको सहयोगमा औषधि सम्वन्धीत अस्पतालमै पुरयाई हस्तान्तरण गरिएको एनआरएनले जनाएको छ ।

शुक्रबार औषधि हस्तान्तरण कार्यक्रममा एनआरएन अध्यक्ष शेष घलेले आगामी साता बंगलादेशबाट थप १२ लाख बराबरको औषधि आउने बताए । सो औषधि आएपछि १ करोड २५ लाख बराबरको औषधि हस्तान्तरण हुने बताए । यो औषधिले केन्द्रीय तथा क्षेत्रीय अस्पतालमा ६ साता थेग्ने घलेको विश्वास थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *