स्वास्थ्य बीमाले समेट्यो ६६ वटा रोगको उपचार ( रोगको नाम सहित)

नेपाली हेल्थ /काठमाडौँ –mohp

स्वास्थ्य विमामा सहभागी हुने व्यक्तिले अब ६६ प्रकारका रोगमा ५० हजार बराबरको उपचार सुविधा पाउने भएका छन् । त्यसका लागि प्रति परिबार ( ५ जना) २ हजार ५ सयको दरले प्रिमियम बुझाउनु पर्ने छ । स्वास्थ्य बीमा यसै आर्थिक बर्ष देखी इलाम, बाग्लुङ र कैलाली जिल्लामा नमूनाको रुपमा सुरु हुँदैछ ।

बीमा कार्यक्रमको संयोजन गर्ने निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार स्वास्थ्य बीमा आवद्ध भएका व्यक्तिले सामान्य झाडा पखला देखी एपेन्डिसाइटको अप्रेसन सम्मको उपचार निःशुल्क पाँउछन् । त्यस्तै यो कार्यक्रममा  सामान्य घाउखटिरा, चोटपटक, ग्यास्टिक , ज्वरो, देखी मिर्गाैला, मुटु रोग, अप्रेसन गरी हुने सुत्केरी, पाठेघर खस्ने समस्या लगायतका उपचारको व्यवस्था छ ।

विमा सञ्चालनका लागि तयार पारिएको सामाजिक स्वास्थ्य सुरक्षा ( सञ्चालन) नियमावली २०७२ तयार भएपछि मन्त्रालयले कार्यक्रम सुरु गर्ने तयारी गरेको छ, तर उपचार गर्ने स्वास्थ्य संस्थासंगको सम्झौता हुन बाकी नै रहेकोले केही ढिलाई भएको हो । अस्पतालले उपचार सेवा दिएवापत कसरी रकम भुक्तानी गर्ने भन्ने बारेमा ‘कस्टिङ’ तयार नहुदा सम्झौता हुन ढिलाई भएको बताइएको छ ।

समितिका कार्यकारी निर्देशक श्रीकृष्ण नेपालले उपचार दिएबापत अस्पताललाई कसरी रकम भूक्तानी गर्ने भनेर ‘कस्टिङ’ तयार नहुकदा समझौता नभएको र विमाका लगि चाहिने सफ्टवेर पनि ती संस्थाहरुमा जडान नभईसकेको बताए । उनले आईटीको प्रयोग हुने विमामा कार्यरत जनशक्तिलाई तालिम दिन पनि बाकी नै रहेको बताए ।

समितिले एक परिबारमा ५ जना सदस्यको कल्पना गर्दै प्रति सदस्य ५ सय रुपैयाको दरले २ हजार ५ सय प्रिमियम बुझाएर ५० हजार बराबरको उपचार व्यवस्था गरेको हो । तर पाँच भन्दा बढी सदस्य भएका परिबारले प्रति सदस्य चार सय ५० को दरले थप प्रिमियम बुझाएपछि  थप १० हजार बराबरको उचपार दिने व्यवस्था छ ।

बीमाका  लागि अति गरिब परिबारको सत प्रतिशत प्रिमियम सरकारले बुझाउने व्यवस्था छ । त्यस्तै गरीव परिबारका लागि ७५ प्रतिशत र जोखिममा परेका परिबारको लागि ५० प्रतिशत प्रिमियम सरकारले सहयोग गर्ने छ । उपचारका लागि छुट्टयाइएको ५० हजार रोगको पहिचान, परीक्षण, औषधि, भर्ना, बेड चार्जमा खर्च गरिने समितिले जनाएको छ ।

समितिले यो बर्ष ३ जिल्लाका २५ प्रतिशत परिबार मात्रै बीमा कार्यक्रममा सहभागी हुने अपेक्षा गरेको छ । सोही अनुसार ८ हजार परिबार दर्ता हुने अनुमान गरेको छ । बीमा मार्फत उपचारका लागि जिल्ला अस्पताल, क्षेत्रीय अस्पताल र केन्द्रीय अस्पताल तोकि ‘गाइडलाइन’ बनाएको जानकारी दिएको छ ।

स्वास्थ्य बीमा गरेपछि निशुल्क उपचार हुने ६६ वटा रोगहरु यस्ता छन :

१ पेट दुखाई – ग्यास्टिक
२ पेट दुखाई – सक्रमण नभएको
३ पेट अल्सर-मिश्रीत उपचार
४ पित्तथैलीको संक्रमण
५ झाडापखाला
६ मृगौलाको संक्रमण
७ हडडीको संक्रमण
८ पेङ्गक्रियाजको संक्रमण
९ रक्तअल्पता
१० एपेन्डीक्स अप्रेसन
११ साधारण सहयोग दिएर गराउने सुत्केरी गराउने
१२ रक्तनलीमा बोसो जमेको
१३ दम
१४ आगोले पोलेको
१५ नसा-डिप्रेसन
१६ अप्रेसनद्धारा गराउने सुत्केरी
१७ मोतियाविन्दुको अप्रेसन -ठूलो
१८ मोतियाविन्दुको अप्रेसन – सानो
१९ हार्ट फेलियर
२० छालाको संक्रमण
२१ पित्तथैलीको अप्रेसन
२२ हैजा
२३ हडडीको संक्रमण
२४ पिसावको संक्रमण
२५ मानसिक रोग कडा
२६ गर्भपतन
२७ स्वासप्रस्वास
२८ डेंगु – रक्तश्राव सहितको डेंगु
२९ मधुमेह संक्रमण
३० झाडा पखला
३१ पाठेघरको अप्रेसन
३२ रगतमासी
३३ छारे रोग ( ठूलो उमेरका )
३४ छारे रोग (सानोउमेरका )
३५ थाह नभएको ज्वरो
३६ हर्निया
३७ हाइड्रोसिल
३८ उच्चरक्तचाप( आकस्मिक अवस्था)
३९ डिम्बासयको सिष्ट अप्रेसन
४० पाठेघर बाहिर बसेको गर्भ फुटेको अप्रेसन
४१ कलेजो घाउ
४२ कुपोषण
४३ म्यानिन्जाइटीस
४४ हृदयघात -१ लेभल
४५ हृदयघात-२ लेभल
४६ मृगौला रोग
४७ सुत्केरी साधारण
४८ हाडजोर्नी को अप्रेसन मेजर ओटीमा
४९ हाडजोर्नीको अप्रेसन माइनर ओटीमा
५० हाडजोर्नीको अप्रेसन एनेस्थेसिया नदिएर
५१ पाठेघर खस्ने रोग
५२ आन्द्रामा संक्रमण
५३ निमोनिया ( ठूलोलाई हुने )
५४ निमोनिया ( सानोलाई हुने )
५५ सुत्केरीमा हुने उच्च रक्तश्राव
५६ बाथमुटुरोग
५७ बाथ मुटुरोग कडा
५८ कडा मानसिक रोग
५९ डिप्रेसन
६० रगतमा संक्रमण
६१ रगतसम्वन्धी रोग
६२ चोटपटक
६३ टाइफाइड
६४ पेट भित्रको रक्तश्राव
६५ भाइरल हेपाटाइटिस
६६ घाउ खटीरा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “स्वास्थ्य बीमाले समेट्यो ६६ वटा रोगको उपचार ( रोगको नाम सहित)

  1. The name list of the diseases are controversial. Medical diasnosis must be written. And what about the free treatment system AFTER THE INSURANCE. Do the patient will get both benefits?

  2. Do you think these are the diagnosis? What we expect from such ministry having such cheap work?. What ate the experts ansd advisors of MOH doing?

  3. Karyakram ramro ho, chando suru garna paye hunchha. Kehi rog ma duplication bhachha jastai Pneumonia thulo, ra sano lai. yini haru lai yekai thauma rakher rog ko sankhya lai ghatauna sakinchha. Asma spasta hunu parne kura haru: Check up garne thau ra referral mechanism clear hunu parchha. Arko rog anusar ko investigation ra medicine yesai package bhitra hunchha bhaneko chha tar tyo aaushadhi kaha bat line spasta hunu parchha.Tyastai consultant Doctor ko byawastha jastai Physician, Cardiologist, Orthopedic surgeon, Gynaecologist haru piloting garna lageko district hospitalma darbandi bhayeko hunu paryo. Yi prabadhan haru bhayema yo janata lai health service ma pahuch puryaune ramro karyakram ho.

    Ramro karyakram bhayeko le ma pani sahayog garna tayar chhu. Dhanyadad.

Leave a Reply

Your email address will not be published. Required fields are marked *