एमडीआर टीबीको उपचार अब नौ महिनामै !

केपटाउन /दक्षिण अफ्रिका – Banner-1200x550-01

२४ महिना लाग्ने मल्टी ड्रग रेजिस्टेन्स ( एमडीआर ) टीबीको उपचार नौ महिनामै सम्भव देखिएको छ । ९ वटा अफ्रिकी मुलुकका ५०७ जना एमडिआर टीबीका विरामीमा गरिएको अनुसन्धानले नौ महिने उपचार प्रभावकारी देखिएको हो ।

केपटाउनमा जारी ४६ औं युनियन वल्र्ड कन्फ्रेन्समा बिहीबार अनुसन्धानकर्ताहरुले एमडीआर टीबीको छोटो उपचार पद्धतीको सफलता बारेमा प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रतिवेदन अनुसार छोटो अर्थात ९ महिने उपचार पद्धतीमा ८०. ९ प्रतिशत विरामी निको भएका छन । ७.७ प्रतिशत विरामीको मृत्यु भएको छ । ६.५ प्रतिशतलाई पुनफलोअपका लागि बोलाइएको छ । बाकी ४.९ प्रतिशत विरामी उपचार असफल भएको छ ।

अनुसन्धानका लागि  बेनिन, बुर्किनाफासो, बुरुन्डी, केमरुन, कोटडिलभोइर, नाइजर, सेन्टर अफ्रिकन रिपव्लिक, कंगो र रुअण्डा गरी नौ वटा अफ्रिकी मुलुकका विरामीहरु  सहभागी थिए ।

‘एमडिआर टिविको ९ महिने उपचार पद्धतीको प्रारम्भीक नतिजा एकदममै उत्कृष्ठ छ,’ अनुसन्धान टोलीको नेतृत्व गरेका द युनियनका चिकित्सक डा आरनोड टेबकले भने । उनले यो छोटो उपचार पद्धती एमडीआर टिविको पुरानो उपचार पद्धती भन्दा धेरैनै सजिलो तथा सुधारात्मक नतिजा आउने देखिएको बताए ।

यो अनुसन्धानका लागि क्षयरोग र फोक्सोको रोग विरुद्ध काम गर्दै आएको अन्तराष्ट्रिय संस्था ‘द युनियन’ले सघाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *