लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक : एमविविएसमा ५१.२७ र बिडिएसमा १४.६३ प्रतिशत

नेपालीहेल्थ/ काठमाडौँ १३ मंसिर –

Nepal-Medical-Council

नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको एमविविएस र  बिडिएस तर्फको लाइसेन्स परीक्षाको नतिजा भने निरासा जनक देखिएको छ ।

शनिबार अवेर प्रकाशित नतिजा अनुसार एमविविएस तर्फ परीक्षामा सहभागी ४७२ जना मध्ये २४२ जना (५१.२७ प्रतिशत) र बिडिएस तर्फ परीक्षामा सहभागी ४१ जना मध्ये ६ जना (१४.६३ प्रतिशत ) उर्तीण भएका छन् ।

परीक्षामा सहभागी भएका कुल ५१३ मध्ये २ जनाको परीक्षार्थी भएकोले र एक जनाको कागजपत्र नमिलेर परीक्षा स्थगित गरिएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले हरेक चार चार महिनामा एमविविएस र विडिएसको लाइसेन्स परीक्षा लिने गर्दछ । नतिजा काउन्सिलको वेव साइट http://www.nmc.org.np मा गएर हेर्न सकिन्छ  ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *