अल्काले हेल्दी बेबी प्रतियोगिता गर्दै

नेपालीहेल्थ /ललितपुर १० मंसिरALKA-Hospital-227x300

जाउलाखेलस्थित अल्का अस्पतालले आगामी शनिवार स्वच्छ बच्चा प्रतियोगिता आयोजना गर्ने भएको छ । गर्भावस्था देखी नै अतिकम हेरचार गरि सन्तानलाई स्वस्थ बनाउन सके मातृ शिशु मृत्युदर न्युनिकरण गर्न सकिन्छ भन्ने सन्देश फैलाउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

‘लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ए टु’ को सहयोगमा हुन लागेको प्रतियोगितामा जन्मेदेखी ५ बर्ष उमेर समुहको बच्चाहरुलाई सहभागी गराइने अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए । बच्चाहरुको शारिरीक स्वास्थ्यका साथै मानिसिक एवं बौद्धिक क्षमताको परिक्षण गरि उत्कृष्टलाई स्वस्थ बच्चाको उपाधिसहित पुरस्कृत गरिने अस्पतालका अध्यक्ष थापाले बताए ।

आफ्ना सन्तानलाई प्रतियोगितामा सहभागी गराउन चाहने अविभावकले आज बिहिबारसम्म अस्पतालमा नाम दर्ता गराउन सक्ने लायन्स क्लव अफ अल्काकी जोन चेयरपर्सन समेत रहेकी अस्पतालकी संचालक बिद्या थापाले जानकारी दिइन ।

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार रुपैया, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारका साथै सान्तवनालाई समेत पुस्कृत गरिने अस्पतालले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत अस्पतालले गत बर्षदेखी यस्तो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *