नेपालगञ्ज र धनगडीका लागि दुई ट्रक औषधि पठाईदै

नेपालीहेल्थ /काठमाडौँ ७ मंसिर-medicines-l

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले मध्यपश्चिम र सुदुर पश्चिमका लागि दुई ट्रक औषधि पठाउदै छ ।

भारतीय नाकाबन्दी र मधेसीमोर्चाको आन्दोलनले औषधि वितरणमा असहजता थपिदै गएको तथा क्षेत्रीय मेडिकल स्टोरमा समेत कतिपय औषधिहरु सकिदै गएको भन्दै महाशाखाले काठमाडौँबाट औषधि पठाउन लागेको हो ।

औषधि लिएर मंगलबार नेपालगञ्जका लागि र बुधबार धनगडीका लागि काठमाडौँबाट ट्रक छुट्ने पनि महाशाखाले जनाएको छ । हाशाखाका निर्देशक डा भीम टिंकरीले दुईवटा ट्रक अत्यावश्यक औषधि सहित मंगलबार र बुधबार गरी पश्चिम तिर लाग्ने बताए । उनले आवश्यकताका आधारमा पूर्वको विराटनगर तर्फ पनि औषधि पठाउने तयारी भएको जानकारी दिए ।

लामो दुरीका लागि पठाउन सबैभन्दा समस्या इन्धन भएको भन्दै दुईवटा ट्रकका लागि नेपाल आयल निगमसंग समन्वय गरी काम चलाउन लागिएको बताए । उनले गोदाममा औषधि भएपनि लामो दुरीमा पठाउन ढुवानीकै समस्या भएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *