नौ वटा सरकारी अस्पतालले बुझाए दैनिक प्रयोग हुने इन्धनको सूची ( सूची सहित )

काठमाडौँ, ३० कात्तिक-

उपत्यकाका नौ वटा ठूला सरकारी अस्पतालले दैनिक प्रयोगहुने इन्धनको सूची सरकारलाई बुझाएका छन् । उनीहरुले डिजेल, पेट्रोल, खाना पकाउने ग्याँस र अक्सिजन ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाइदिन सरकारसंग माग गरेका छन् ।

माग गर्ने अस्पतालहरुमा त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, निजामती कर्मचारी अस्पताल, विपी कोइराला नेत्र अध्ययन प्रतिष्ठान, मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर रहेका छन् । त्यसैगरी कान्ति अस्पताल, सहीद गंगालाल हृदयरोग केन्द्र, र बीर अस्पताल रहेका छन् ।

ती अस्पतालका निर्देशकहरुको संयुक्त टोलीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीसंग भेट गरी इन्धन अभावले अस्पतालको सेवामा परेको असरका बारेमा जानकारी गराएका थिए । उनीहरुले चौविसै घण्टा अन कलमा रहनुपर्ने चिकित्सक र नर्स तथा कर्मचारीहरु आईजाई गर्न गाडी चलाउन तथा विद्युत अवरोध हुँदाका बखत जेनेरेटर सञ्चालनका लागि डिजेल र पेट्रलको माग गरेका हुन् ।

मन्त्रीलाई बुझाएको लिष्ट अनुसार नौ वटा सरकारी अस्पतालहरुका लागि लागि यातायात सञ्चालनका लागि १ हजार २८६ लिटर र जेनेरेटर सञ्चालनका लागि डिजल ५७० लिटर , यातायातकै लागि पेट्रोल ९० लिटर, खानापकाउने ग्यास सिलिन्डर २० वटा र अक्सिजन सिलिन्डर २७५ वटा माग गरेका छन् ।

बीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले अस्पताल अत्यावश्यक क्षेत्रमा पर्ने भएकोले सरकारले सहज ढंगले इन्धन तथा ग्यासको व्यवस्था गर्नुपर्ने बताए । उनले डाक्टर तथा नर्सहरुको थोरै समय ढिलाईले पनि अस्पतालमा ठूलो क्षति पुग्न सक्ने भन्दै स्टाफ बोक्ने गाडी सञ्चालनका लागि सहजरुपमा इन्धन पाउनुपर्ने बताए ।

गंगालाल अस्पतालका निर्देशक डा. ज्योतेन्द्र शर्माले ग्यास नहुँदा अस्पतालमा विरामीका लागि दाउरा प्रयोग गरि खाना पकाउनु परेको भन्दै सरकारले अस्पतालका ग्यासको व्यवस्था मिलाउनुपर्ने बताए ।

IMG_20151116_140619

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *