तथ्याङ्कमा यस्तो छ मधुमेह रोगको अवस्था :

32
Shares

diabetes–  विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१४ मा मात्रै विश्वमा ४५ करोड ७० लाख नयाँ व्यक्तिमा मधुमेह रोग देखिएको छ । यदि मधुमेह नियन्त्रणको प्रयास प्रभावकारी नभए सन् २०३५ मा पुग्दा यो संख्या ५९ करोड २० लाख पुग्ने प्रक्षेपण गरिएको छ ।

– मधुमेह पिडीत व्यक्ति मध्ये ७७ प्रतिशत व्यक्ति न्युन तथा मध्यम आय भएका मुलुकमा रहेका छन् ।अहिलेपनि विश्वमा रहेका १७ करोड ९० लाख व्यक्तिहरुले आफूलाई मधुमेह रोग लागेको छ भन्ने पत्तो पाउन सकेका छैनन ।

– कुल प्रभावित मध्ये ९० प्रतिशतमा टाइप २ मधुमेह देखिएको छ ।

– विश्वभरको तथ्याङ जोडदा सन २०१४ मा मात्रै मधुमेहजन्य रोगबाट मृत्यु हुनेको संख्या ४९ लाख पुगेको छ र हरेक ७ सेकेण्डमा एक व्यक्तिको ज्यान जाने गरेको थियो ।

दक्षिणपूर्वी एसियामा मधुमेहको अवस्था :

– दक्षिणपूर्वी एसियाका ११ वटा देशमा ९ करोड १० लाख व्यक्तिमा मधुमेहको समस्या भएको अनुमान छ ।

– त्यसमध्ये ४करोड ९० लाख व्यक्तिमा अहिलेपनि रोग पत्ता लाग्न सकेको छैन ।

– मधुमेहका सबैभन्दा धेरै विरामी हुने देशहरुको सूचीमा भारत दोस्रो स्थानमा आउछ । जहाँ ६करोड ७० लाख व्यक्तिमा मधुमेहको समस्या छ ।

– सबैभन्दा धेरै मधुमेहका विरामी भएको देशहरुको पहिलो सूचीमा चीन पर्दछ । जहाँ ९ करोड ६० लाख मानिसमा मधुमेहको समस्या छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *