तथ्याङ्कमा यस्तो छ मधुमेह रोगको अवस्था :

diabetes  विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१४ मा मात्रै विश्वमा ४५ करोड ७० लाख नयाँ व्यक्तिमा मधुमेह रोग देखिएको छ । यदि मधुमेह नियन्त्रणको प्रयास प्रभावकारी नभए सन् २०३५ मा पुग्दा यो संख्या ५९ करोड २० लाख पुग्ने प्रक्षेपण गरिएको छ ।

मधुमेह पिडीत व्यक्ति मध्ये ७७ प्रतिशत व्यक्ति न्युन तथा मध्यम आय भएका मुलुकमा रहेका छन् ।अहिलेपनि विश्वमा रहेका १७ करोड ९० लाख व्यक्तिहरुले आफूलाई मधुमेह रोग लागेको छ भन्ने पत्तो पाउन सकेका छैनन ।

कुल प्रभावित मध्ये ९० प्रतिशतमा टाइप २ मधुमेह देखिएको छ ।

विश्वभरको तथ्याङ जोडदा सन २०१४ मा मात्रै मधुमेहजन्य रोगबाट मृत्यु हुनेको संख्या ४९ लाख पुगेको छ र हरेक ७ सेकेण्डमा एक व्यक्तिको ज्यान जाने गरेको थियो ।

दक्षिणपूर्वी एसियामा मधुमेहको अवस्था :

दक्षिणपूर्वी एसियाका ११ वटा देशमा ९ करोड १० लाख व्यक्तिमा मधुमेहको समस्या भएको अनुमान छ ।

त्यसमध्ये ४करोड ९० लाख व्यक्तिमा अहिलेपनि रोग पत्ता लाग्न सकेको छैन ।

मधुमेहका सबैभन्दा धेरै विरामी हुने देशहरुको सूचीमा भारत दोस्रो स्थानमा आउछ । जहाँ ६करोड ७० लाख व्यक्तिमा मधुमेहको समस्या छ ।

सबैभन्दा धेरै मधुमेहका विरामी भएको देशहरुको पहिलो सूचीमा चीन पर्दछ । जहाँ ९ करोड ६० लाख मानिसमा मधुमेहको समस्या छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *