दशै-तिहारमा दोब्बर बढी हिडौँ

 डा. ओममूर्ति अनिल बरिष्ट मुटुरोग विशेषज्ञ ग्राण्डी इन्टरनेशनल हस्पिटल

डा. ओममूर्ति अनिल
बरिष्ट मुटुरोग विशेषज्ञ, ग्राण्डी इन्टरनेशनल हस्पिटल

विश्वस्वास्थ्य संगठन (डव्लुएचओ)को मापदण्ड अनुसार एउटा व्यक्ति हप्तामा साढे २ घण्टा हिड्नुपर्छ । मापदण्डमा हप्ताको पाँच दिन ३० मिनेट फुर्तिसाथ हिड्नु भनेको छ । तीस मिनेटमा तीन किलोमिटर पार गर्नु भनेको छ । त्यो दुरी पार गर्नको लागि पनि सामान्य हिडाईले हुदैन । फूर्तिसाथ पसिना आउने गरी छिटो छिटो हिडनुपर्छ ।अझ बुझिने भावमा भन्दा हिड्दा अलि अलि सास बढेको होस, पसिना आएको होस ।

तर यो सामान्य अवस्थाको दैनिक जीवनमा अपनाउनुपर्ने मापदण्ड हो । जव हामीबीच दशै तिहार जस्ता पर्वहरु आउछन् मापदण्डलाई हामीले संसोधन गर्नुपर्छ । किनभने पर्वका बेला हामी धेरै डाइट लिन्छौ र कम काम गर्छौँ । जुन स्वास्थ्यका लागि राम्रो होइन । सामान्य अवस्थाको दैनिक जिवनका लागि हामीलाई दुई हजार क्यालोरी डाइट चाहिन्छ । तर दशै तिहार जस्तो चाड पर्वमा हामीले लिने भोजनले क्यालोरी दोब्बर नै बढाउन सक्छ । किनकी हामी यस्तो

पर्वका बेला आरमले खान्छौ र मासु तथा चिल्लो पदार्थको प्रयोग बढी गर्छाँैै । हामी प्रसस्त मासु खान्छौँ , पेय पदार्थ खान्छाँै । मिठाई खान्छाँै । अर्थात चिल्लो गुलियो नुनिलो खानेकुरा खान्छौ“ । यसले हाम्रो क्यालोरी उच्च बनाउछ ।

run
दुई हजार क्लालोरी डाइटले हामी दिनभर खटिएर काम गर्छौँ तर शरीरमा दोव्वर बढी क्लालोरी हुँदा भने हामी कम काम गर्छौँ, बढी आराम गर्छौैँ । यसले शरीर अस्वस्थ हुनेसम्भावना बढछ ।

त्यसैले दशँै तिहार जस्ता चाडपर्वका बेला अरु बेला भन्दा बढी हिडौँ । अरु बेला तीस मिनेट हिडनेले यो पर्वकोबेलामा बढी क्यालोरी जम्मा हुने भएकोले एक घण्टा हिडौँ । त्यस्तै मसल्सको व्यायम गरौँ । यसले मुटुरोग संगै मधुमेह , उच्चरक्तचाप, मोटोपना नियन्त्रणका लागि लाभदायक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *