मुख्य समाचार

‘पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित’ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ, १० भदौ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भारतले बनाइदियो अक्सिजन प्लान्ट

काठमाडौँ, १० भदौ । भारतले बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका लागि उपलब्ध गराएको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

मेलम्ची बाढी प्रभावित २० हजार बढीलाई कोभिड खोप दिईदै

सिन्धुपाल्चोक, १० भदौ । मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजार बढी स्थानीयका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ। ती आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइले जानकारी दिए।

काठमाडौँमा भदौ ११ गतेदेखि तीन दिन भेरोसेलको दोस्रो मात्रा खोप दिइँदै

काठमाडौँ, ९ भदौ ।  काठमाडौँमा आगामी ११ भदौ देखि कोभिडविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौँले आगामी ११ भदौ देखि जिल्लाभर तीन दिनसम्म दोस्रो मात्रा दिने योजना बनाएको छ ।

होटलमा खोप भेटिनुमा चरम लापरवाही : छानविन समिति

झापा, ८ भदौ । बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरबाही भएको ठहर गरेको छ।

अफगानिस्तानबाट फर्किएका नेपालीलाई एयरपोर्टमै पोलियो थोपा

काठमाडौँ, ७ भदौ । सरकारले अफगानिस्तान (पोलियो जोखिम क्षेत्रबाट) आएका नेपालीलाई पोलियो थोपा( खोप) दिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार आज अपरान्ह देखि त्रिभुवन अन्तराष्टिय विमानस्थलमा खोप दिन थालिएको हो ।

स्वास्थ्य करकोषको ८६ प्रतिशत बजेट अर्थमै रोकिन्छ

काठमाडौँ, ७ भदौ । नियमत सुर्तीजन्य पदार्थमा लाग्ने अन्त शुल्कबाट उठेको रकममध्ये २५ प्रतिशत हिस्सा स्वास्थ्य करकोषमा जम्मा गर्ने व्यवस्था गरेको छ । तर अर्थ मन्त्रालयले स्वास्थ्य करकोषमा १४ प्रतिशत मात्रै रकम पठाउने गरेको छ । त्यहि रकम पनि स्वास्थ्यले पुरापुर खर्च गर्न सकेको छैन् ।

प्रेमसागरले गरे १६७ औँ पटक रक्तदान

काठमाडौँ, ६ भदौ । नेपाल स्वसंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १६७औँ पटक रक्तदान गरेका छन्। न्यू एक्टिभिटिज क्लबद्वारा खत्रीपैवा, धुनिबेसी – ४ , धादिङमा आयोजित विशेष कार्यक्रममा कर्माचार्यले १६७औँ पटक रक्तदान गरेका हुन् । हरेक तीन तीन महिनाको अन्तरमा रक्तदान गर्ने उनी नेपालमै सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्ति हुन् ।

सुदूरपश्चिममा नमूना परीक्षण गरिएका १५ प्रतिशतमा कोरोना सङ्क्रमण

सुदूरपश्चिम, ६ भदौ । कोरोना भाइरसको सङ्क्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको

खुदुनाबारीका ६७ विपन्न परिवारको स्वास्थ्य बीमाको दर्ता शुल्क बीएण्डसीले तिरिदियो

झापा, ५ भदौ । बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालले ६७ जना विपन्न परिवारलाई आफ्नो आर्थिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराएको छ ।