भरतपुर क्यान्सर अस्पतालका रजिष्ट्रार सहित तीन स्वास्थ्यकर्मी सम्पर्क विहिन भएपछि

432
Shares

काठमाडौँ, २६ साउन । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर क्यान्सर अस्पताल)का रजिष्ट्रार रहेकी एक जना डाक्टर सहित तीन स्वास्थ्यकर्मी लामो समय देखि सम्पर्कमा नआएपछि खोजी सुरु भएको छ ।

हराएका स्वास्थ्यकर्मीहरुमा रजिष्ट्रार पदमा कार्यरत डा नन्दिता कुमारी झा, रेडियोलोजिकल टेक्नोलोजिष्ट सवि अधिकारी र स्टाफ नर्स प्रिया श्रेष्ठ रहेका छन् ।

अस्पतालले शनिबार सूचना जारी गर्दै तीन जनालाई नै आजदेखि ३५ दिन भित्रमा कारण सहित लिखित रुपमा सम्पर्कमा आउन भनेको छ ।

सम्पर्कमा नआए कर्मचारी प्रशासन नियमावली २०६६ (संसोधित सहितको नियम १३१ (ग) बमोजिम विदा स्वीकृत नगराई लगातार ९० दिन भन्दा बढी अस्पतालमा अनुपस्थित भएकोमा भविस्यमा सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइने बताएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *