गेझा स्वास्थ्य चौकीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
पाल्पा, २३ साउन । पाल्पाको गेझा स्वास्थ्य चौकीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।
रामपुर नगरपालिका–१० स्थित स्वास्थ्य चौकीमा आउने गर्भवतीले सो सेवा पाउनेछन् । घरबाट अस्पतालसम्म र अस्पतालबाट घरसम्म सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइने स्वास्थ्यकर्मी जगन्नाथ भण्डारीले बताए ।
चालू आर्थिक वर्षदेखि यस्तो व्यवस्था भएको हो । सुत्केरीलाई तीस वटा अण्डा पनि दिइने स्वास्थ्य चौकीले जनाएको छ ।
यातायातको अभाव तथा आर्थिक समस्याले गर्भवतीलाई स्वास्थ्य संस्थामा पुग्न कठिन नहोस् भन्ने उद्देश्यले स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]