जिपी कोइराला अस्पतालमा दश शय्याको डेंगी वार्ड स्थापना

काठमाडौँ, २३ साउन । शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेंगी वार्ड स्थापना भएको छ।
अस्पतालमा डेंगी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए।
अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेंगी फैलिएको थियो। हालसम्म अस्पतालमा तीन सय ८५ जनामा डेंगी परीक्षण गरिएकामा ९६ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए । डेंगी पुष्टि भएकामध्ये २४ जना उपचारपश्चात् घर फर्किएका छन्।
यसैबीच दमौली अस्पतालमा पनि डेंगी परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको छ। अस्पतालका प्रमुख डा. परिर्वतन बरालका अनुसार दुई सय २३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएकामा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

