महिला सुधारगृहमा निशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सञ्चालन

436
Shares

काठमाडौँ, १३ साउन । रोटरी क्लव अफ महाराजगन्ज तथा केन्द्रीय कारागार अस्पताल सुन्धाराको संयुक्त आयोजनामा कारागार कार्यालय, महिला सुधार गृह, सुन्धारामा एक दिने निशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

शनिबार सञ्चालित सो शिविरमा २५० जना महिलाले आँखा र २३० जना महिलाले दन्त परीक्षण गराएका छन् ।

शिबिरमा आवश्यकताका आधारमा १६० जना महिलाहरुलाई विभिन्न पावरका चस्मा तथा आवश्यकता अनुसार विभिन्न प्रकारका औषधि वितरण गरिएको थियो ।

शिविरको प्राविधिक सहयोग केन्द्रीय कारागार अस्पताल र कीर्तिपुर आँखा अस्पतालले गरेको थियो ।

सोही अवसरमा आँखा कसरी शुरक्षित राख्ने भन्ने सन्दर्भमा कीर्तिपुर आँखा अस्पतालका अध्यक्ष प्राध्यापक डा सविना श्रेष्ठले र दाँत कसरी शुरक्षित राख्ने भन्ने सन्दर्भमा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश वुढाथोकीले अभिमुखिकरण गरेका थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *