महिला सुधारगृहमा निशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ, १३ साउन । रोटरी क्लव अफ महाराजगन्ज तथा केन्द्रीय कारागार अस्पताल सुन्धाराको संयुक्त आयोजनामा कारागार कार्यालय, महिला सुधार गृह, सुन्धारामा एक दिने निशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

शनिबार सञ्चालित सो शिविरमा २५० जना महिलाले आँखा र २३० जना महिलाले दन्त परीक्षण गराएका छन् ।

शिबिरमा आवश्यकताका आधारमा १६० जना महिलाहरुलाई विभिन्न पावरका चस्मा तथा आवश्यकता अनुसार विभिन्न प्रकारका औषधि वितरण गरिएको थियो ।

शिविरको प्राविधिक सहयोग केन्द्रीय कारागार अस्पताल र कीर्तिपुर आँखा अस्पतालले गरेको थियो ।

सोही अवसरमा आँखा कसरी शुरक्षित राख्ने भन्ने सन्दर्भमा कीर्तिपुर आँखा अस्पतालका अध्यक्ष प्राध्यापक डा सविना श्रेष्ठले र दाँत कसरी शुरक्षित राख्ने भन्ने सन्दर्भमा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश वुढाथोकीले अभिमुखिकरण गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *