मोरङका डा. मनीषकुमार मृत फेला

1.1k
Shares

मोरङ १० साउन । मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत डाक्टर मनीषकुमार यादव कोठामा मृत भेटिएका छन् ।

बिहिबार बिहान उनी आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका थिए । डा यादव अस्पताल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै आएका थिए ।

३५ वर्षीय यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देखेका थिए । भित्रबाट चुकुल लगाएर सुतेका डाक्टरलाई अचेत अवस्थामा देखेपछि भट्टराईले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले ढोका फुटाएर विहान ८ ४० बजे अरनिको अस्पताल पुर्‍याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ३ मङ्गलबारे पठाइएको छ । डेढ वर्षदेखि सो अस्पतालमा कार्यरत डाक्टर यादवको स्थायी घर धनुषाको ओरही गापा वडा नं १ पुरनदहिया हो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *