सिरहाको २० गाविस खुला दिसामुक्त क्षेत्र

21
Shares

लहान, १३ भदौ –  सिरहा जिल्लाको गाउँ गाउँमा यतिबेला शौचालय निर्माणको काम तीव्र रुपमा भइरहेको छ ।

सिरहा जिल्लालाई सन् २०१६ भित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने उद्देश्यका साथ हालसम्म जिल्लाका २० वटा गाविस खुला दिसामुक्त घोषणा भइसकेको छ ।

घरघरमा शौचालयको पहुँच पु¥याएर खुला दिसामुक्त घोषणा गर्ने योजनाअनुसार कुल ६३ गाविसमध्ये हालसम्म २० वटा गाविस घोषणा भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति सिरहाले जनाएको छ ।

घोषणा गर्न बाँकी ४३ वटा गाविसमा पनि तीव्ररुपमा शौचालय निर्माणको काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानका इञ्जिनियर कृष्ण साहले जानकारी दिए।

सन् २०१५ भित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिए पनि गत वर्षको मधेस आन्दोलनका कारण प्रभावित भएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *