जङ्गली च्याउ खाँदा तीन बिरामी
मोरङ, १२ भदौ – मोरङको कोसी–हरैँचामा जङ्गली च्याउ खाँदा शनिबार साँझ एकै परिवारका तीनजना बिरामी परेका छन् ।
जङ्गलबाट टिपेर ल्याएको च्याउ साँझको खानामा पकाएर खाँदा कोसी–हरैँचा नगरपालिका–११ बस्ने ४० वर्षीय दशन खाँ, उनकी पत्नी उषादेवी खाँ र छोरी अन्जली खाँ बिरामी परेका हुन् ।
बिरामी परेका तीनै जनाको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइहेको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




