अर्घाखाँची १० औँ पटक पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
काठमाडौँ, १ साउन । अर्घाखाँची १० औं पटक पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको छ । नौ हजार ९३५ बालबालिकालाई खोप लगाएर अर्घाखाँची पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको हो ।
जिल्लाका छ पालिकाले पूर्ण खोप सुनिश्चितका लागि ९५ प्रतिशत सूचकाङ्कको मापडण्ड पूरा गरेकाले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
नियमित मासिक रूपमा २६३ खोप केन्द्रबाट ३ हजार ९४५ सेवाग्राही उमेर समूहका बालबालिकालाई खोप प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा हाल १५ महिनाभित्रका दुुई हजार ७९० बालबालिकाले खोप लगाइरहेका छन् । पाँच वर्षमुनिका नौ हजार ९३५ जना बालबालिकाले पूर्ण खोप पाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुुख शिव नेपालीले जानकारी दिए ।
उनले भने, “नेपाल सरकारका सञ्चालित विभिन्न स्वास्थ्य कार्यक्रममध्ये राष्ट्रिय खोप कार्यक्रम राज्यका तीन वटै सरकार सङ्घ, प्रदेश र स्थानीय तहको पहिलो प्राथमिकतामा रहेको सर्वाधिक सफल र लागत प्रभावकारी कार्यक्रम हो ।”
जिल्लामा १८४ वटा खोपकेन्द्रबाट प्रत्येक महिना १८७ खोप सेसनद्वारा निरन्तर खोप सेवा प्रदान गरिँदै आएको छ ।
सम्पर्क इमेल : [email protected]