नव नियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेलद्धारा पदवहाली

164
Shares

काठमाडौँ, ३१ असार । नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदवहाली गरेका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए लगत्तै दिउसो १:१५ बजे स्वास्थ्य मन्त्रालय पुगेर उनले पदवहाली गरेका हुन् ।

यसअघि उनलाई मन्त्रालयका सचिव, सहसचिव तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदवहालीसंगै मन्त्री पौडेलले  राष्ट्रिय क्यान्सर रणनीति (२०२४-२०३०) स्वीकृत गर्ने  निर्णय गरेका छन् ।

मन्त्री पौडेल गत आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *