कैदी वन्दीको स्वास्थ्य अवस्था संकलन गर्दै सरकार

काठमाडौँ, २८ असार । गृह मन्त्रालयले देशभर रहेका करीव ३० हजार कैदीवन्दीहरुको स्वास्थ्य अवस्था संकलन गर्ने भएको छ । मन्त्रालयले केन्द्रीय कारागार अस्पतालमार्फत कैदी वन्दीहरुको स्वास्थ्य अवस्था संकलन गर्ने भएको हो ।
केन्द्रीय कारागार अस्पतालका मेसु डा प्रकाश बुढाथोकीले ७२ जिल्लामा रहेका ७५ वटा कारागार कार्यालयमा रहेका कैदी वन्दीहरुमा कस्ता स्वास्थ्य समस्या देखा परेको छ भनेर जानकारी लिन खोजिएको बताए ।
उनले त्यसबारेको प्रतिवेदन तयार गरी मन्त्रालयलार्य बुझाउने जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




