अविरल वर्षाले प्रादेशिक अस्पताल जनकपुरको स्टोर शाखा जलमग्न

काठमाडौँ, १८ असार । सोमबार बेलुकादेखि मंगलबार बिहानसम्म परेको अविरल वर्षाले प्रादेशिक अस्पताल जनकपुरको स्टोर शाखा डुबानमा परेको छ।
अस्पतालको स्टोर शाखा डुबानमा परेपछि औषधिहरू अस्पताल कम्पाउण्डमा बगिरहेका छन् । अस्पतालका अन्य शाखाहरु नयाँ संरचनामा सारे पनि स्टोर शाखा पुरानै भवनमा रहेकोले डुबानमा परेको अस्पतालका एक कर्मचारीले बताएका छन् ।
अहिले जनकपुरधामका अधिकांश स्थान जलमग्न छ। डुवान हुँदा जनजीवन प्रभावित भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




